काठमाडाैँ -अर्थमन्त्री जनार्दन शर्मा माथि छानबिन गर्नका लागि ११ सदस्यीय समिति बन्ने भएकाे छ । समितिमा प्रमुख प्रतिपक्ष दल नेकपा [एमाले]बाट ४ सांसद छन् । यस्तै सत्तारुढ तथा साझेदार दलहरू नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना छन् भने एकीकृत समाजवादी, जनता समाजवादी र लाेकतान्त्रिक समाजवादीबाट १/१ जना रहेका छन् ।

समितिमा रहने सांसदहरूकाे नाम अब बस्ने संसद् बैठकमा पढेर सुनाइने बताइएकाे छ ।

अर्थमन्त्री शर्माले करकाे दर निर्धारण गर्दा व्यापारिक घरानाका अनधिकृत व्यक्तिहरूकाे अनुकूलताअनुसार गरेकाे भन्दै उनकाे आलाेचना हुँदै आएकाे छ । प्रमुख प्रतिपक्ष दल नेकपा [एमाले] त सदनबाटै राजीनामा माग्दै आएकाे छ ।

एमाले असन्तुष्ट
एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा नै आउनुपर्ने माग गरेको छ।

सभामुख अग्नि सापकोटाले अर्थमन्त्री शर्मालाई बोल्न समय दिएपछि एमालेले अर्थमन्त्रीको राजीनामा नै आउनुपर्ने माग गरेको हो । एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्रीले राजीनामा नै दिनुपर्ने पार्टीको बटमलाइन रहेको स्पष्ट पारे । उनले अर्थमन्त्रीलाई बोल्न समय दिएकामा पार्टीको गम्भीर बिमति रहेको भन्दै उनमा अर्थमन्त्रीको रुपमा बोल्ने कुनै नैतिक आधार नरहेको बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय