

लिस्वन – पाेर्चुगलकाे आल्बुफेरामा एकजना नेपालीले आत्महत्या गरेका छन् । सुदुरपश्चिम कञ्चनपुरका तर्कराज भट्ट आज आफु बस्ने ठाउँ नजिकै रुखमा झुण्डिएर आत्म हत्या गरेकाे संगै बस्ने साथीले जानकारी दिए ।
उनी बस्ने ठाउँबाट केही परकाे रुखामा झुण्डिएकाे अवस्थामा उनीसंगै बस्ने साथीले देखेपछ प्रहरीलाई खबर गरिएकाे थियाे ।
करिब ३ बर्षअघि पाेर्चुगल आएका उनी साेही क्षेत्रमा कृषि कम्पनीमा काम गर्ने गरेका थिए । अहिले उनकाे शवलाई पाेष्टमार्टमकाे लागि अस्पताल लगिएकाे छ । भट्ट निकै इमान्दार र कसैको बिगार नगर्ने व्यक्ति भएको भन्दै अप्रत्यासित घटनाले निकै पिडा दिएको उनका साथी भिमदत्त भट्टले जानकारी दिए । ‘हामी सँगै बस्ने खान अनि सँगै काम गर्दै आएका थियौं, उहाँका बारेमा नराम्रो कुरा कहिल्यै थाहा पनि पाइएन ।’ उनले भने, ‘उहाँले कस्तो निर्णय लिनुभयो, हामी सबैजना अचम्ममा परेका छौं ।’
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal