

लिस्वन – विगत ४ महिना देखि पाेर्चुगलकाे राजधानी लिस्वन बस्दै आएका एक नेपालीकाे हृदयघातका कारण आज निधन भएकाे छ ।
नेपालकाे स्याङ्जा घर भएका २८ बर्षिय अंकित सिंह ठकुरीकाे हृदयघातका कारण निधन भएकाे हाे । उनलाई हिजाे कार्यस्थलमा काम गर्दा गर्दै हृदयघात भएपछि लिस्वन स्थित साउ जाेसे अस्पतालमा भर्ना गरिएकाे थियाे ।
निकै गम्भीर अवस्थामा अस्पताल पुर्याईकाे उनलाई डाक्टरले आज मृत घाेषणा गरेकाे हाे ।
दुई दिन अघिमात्र कञ्चनपुरका तर्कराज भट्टले आफ्नै काेठा नजिक रुखमा झुण्डिएर आत्महत्या गरेका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal