

नवराज दुवाडी, लिस्वन- पाेर्चुगल सरकारले अबकाे दुई महिना अर्थात ११ जनवरी देखि SEF बन्द गर्ने घाेषणा गरेकाे छ । घाेषणा अनुसार आप्रवासीहरुकाे कागजातकाे सम्पुर्ण प्रकृया जनवरी १२ देखि पोर्चुगिज एजेन्सी फर माइग्रेसन एण्ड एसाइलम (APMA) र इन्स्टिच्युट अफ रेजिस्ट्रीज एण्ड नोटरी (IRN) द्वारा गरिने निर्धारण गरिने जनाइएकाे छ।
नयाँ कानून अनुसार, सरकारले ६० दिन भित्र, विशेष विशेषताहरू सहितको प्रशासनिक सेवा APMA सिर्जना गर्ने खाका पेश गर्नुपर्छ।
APMA ले आप्रवास र शरणार्थी सम्बन्धी सार्वजनिक नीतिहरू लागू गर्ने, अर्थात् राष्ट्रिय क्षेत्रमा विदेशी नागरिकहरूको प्रवेश र बसाइलाई नियमित गर्ने, भिसा शरणार्थी बसोबासका लागि प्रकृया अगाडि बढाउने छ ।
IRN मा योग्यताको स्थानान्तरण, पोर्चुगलमा बसोबास अनुमति पत्र तथा राहदानी जारी गर्ने तथा आप्रवासीहरुकाे सन्दर्भमा सम्पुर्ण कागजातकाे प्रकृया अगाडि बढाउने छ । साथै नविकरणकाे प्रकृयामा रहेका बसाेबास अनुमति प्रकृया पनि यसै मार्फत गरिने जनाईएकाे छ ।
उक्त मिति देखि SEF मार्फत हुँदै आईरहेका विभिन्न काम कारवाहीहरु समेत विभिन्न निकायमा बाँडफाँड हुने भएकाे छ । जस्मा अबदेखी आप्रवासीहरुलाई देश छाेड्न दिईने २० दिने सुचना तथा अन्य सन्दर्भमा देश निकाला गर्ने अधिकार GNR लाई दिईएकाे छ ।
साथै गैरकानूनी रूपमा पाेर्चुगल अाउने, गैरकानूनी रूपमा आप्रवासीलाई सहयोग गर्ने संघ, मानव बेचबिखन र यससँग सम्बन्धित अन्य अपराधहरूको अनुसन्धानमा PJ ले गर्ने भएकाे छ ।
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal