लिस्वन – पाेर्चुगलमा कार्यरत एक नेपाली कानुन व्यवसायीले आफुमाथि कुटपीट तथा दुर्व्यवाहार गरेकाे आराेप लगाउँदै उनकै कार्यालयमा काम गर्ने एक महिला कर्मचारीले प्रहरीमा उजुरी दिएकी छिन् ।

लिस्वन स्थित NRC एड्भाेकेडमा कार्यरत तथा नेपाली कानुन व्यवसायी समेत भनेर चिनिएका राजन खनालले आफुलाई विगत केही समयदेखीनै शारीरिक तथा मानसिक रूपमा यातना दिईराखेकाेमा हिजाे जनवरी १५ तारिककाे दिन कार्यालयमा काम गरिरहेकाे अवस्थामा अाएर एक्कासी गाली गलाैज गरेकाे तथा कपाल लुछ्दै नीलडाम हुने गरी कुटपीट गरेकाे आराेप लगाउँदै प्रहरीमा उजुरी दिएकाे ती पीडीतले बताएकी छिन् ।

एनआरएनए पाेर्चुगलका पुर्व कानुनी सल्लाहाकार समेत रहेका खनालले विगत देखीनै आफुमाथि दुर्व्यवाहार गर्ने गरेकाे र कतै भनेमा ज्यान मार्ने धम्की समेत दिने गरेकाे पनि उनले उल्लेख गरेकी छिन् । ‘म पाेर्चुगलकाे डन हुँ, मेराे राताे पासपाेर्ट छ, तैँले कही गएर पनि केही गर्न सक्दैनस्, अन्त कतै गएर भनिस भने तेराे ज्यान तलमाथि हुन्छ’ भन्दै धम्की दिने गरेकाे पनि ती पीडीतले उल्लेख गरेकी छिन् ।

पीडीतले प्रहरीमा उजुरी दिईसकेपछि एनआरएनए पाेर्चुगल, पाेर्चुगलमा कार्यरत सम्पुर्ण संघसंस्था, बुद्विजीवी,  पत्रकार तथा आम नेपालीहरुलाई सहयाेगकाे लागि अपिल समेत गरेकी छिन् ।

यस विषयमा बुझ्न आराेपीत खनालसंग सम्पर्क गर्न खाेज्दा भने कुनै पनि माध्यमबाट सम्पर्क हुन सकेन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय