

लिस्वन – आप्रपासी तथा सिमा नियमक निकाय सेफ(SEF) ले अवैध रुपमा पाेर्चुगल छिर्ने आप्रवासीहरुलाई राेक्न ईन्टरपाेलसंग सहकार्य शुरु गरेकाे छ ।
पाेर्चुगलमा अवैध रुपमा आप्रवासीहरुकाे प्रवेश बढ्दाे रहेकाे तथा मानव तस्करका घटनाहरुमा पनि वृद्धि हुन थालेपछि यसलाई राेक्न याे कदम चालिएकाे बताईएकाे छ ।
डिसेम्बर महिनाकाे पहिलाे साता मात्र GNR संगकाे सहकार्यमा गरिएकाे एक अप्रेसनमा दश हजार भन्दा बढी अबैध आप्रवासीहरुकाे पहिचान गरिएकाे र तीनीहरुलाई आप्रवासनकाे लागि सहयाेग गरेकाे आराेपमा २०० भन्दा बढीलाई कारवाही प्रकृया अघि बढाईएकाे छ ।
मानव तस्कर र अवैध आप्रवासनका घटनाले संगठीत अपराधकाे मात्रामा वृद्धि हुँदै गएकाे र यसले राज्यकाे छवीमा प्रश्न उठ्ने र आप्रवासीहरु झनै पीडीत हुँदै गएकाेले याे कदम चालिएकाे हाे । यसबाट आपराधिक समुहहरुलाई निर्मुल पार्ने उद्देश्यले पहिलाे चरणमा ३४ देशका ईन्टरपाेलसंग सहकार्य थालिएकाे जनाईएकाे छ ।
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal