
डब्लिन — गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको आगामी २०२५–२७ कार्यकालको लागि समाजसेवी ज्योत्सना अधिकारीले सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी सार्वजनिक गर्दै, “मेरो उम्मेदवारी समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ हो,” भन्ने विश्वास व्यक्त गरेकी छन्।
नेपाली नारी समाज, पोर्चुगलमा कोषाध्यक्ष, उपाध्यक्ष तथा कार्यवाहक अध्यक्षको भूमिका निर्वाह गरिसकेकी अधिकारीको अनुभव र नेतृत्व क्षमताबाट एनआरएनए आयरल्याण्डमा पनि सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ।
ओम अधिकारीको प्यानलबाट उम्मेदवारी
अधिकारीले ओम अधिकारीको नेतृत्वमा रहेको प्यानलबाट उम्मेदवारी दिएकी हुन्। उनले आफू र आफ्नो प्यानललाई विजयी गराउन सबैलाई मतदान गर्न आह्वान गरेकी छन्।
उनले भन्छिन्, “यदि हामी जित्यौं भने महिलाको हकहित सुनिश्चित गर्ने, र आयरल्याण्डस्थित नेपाली समुदायका लागि नयाँ कार्यक्रमहरू ल्याउने प्रतिवद्धता लिएका छौं।”
“महिलाहरूको नेतृत्व अबको आवश्यकता”
अधिकारीका अनुसार, अहिलेको अवस्थामा महिलाहरूको एनआरएनएमा निर्णायक भूमिका अपरिहार्य बनिसकेको छ। “महिलाहरूले आफ्नो अनुभव र क्षमताको उपयोग गरेर एनआरएनएलाई अझ प्रभावकारी बनाउन सक्छन्,” उनको भनाइ छ।
उनले स्पष्ट पारिन्, “महिलाहरू सामूहिक गतिविधि र नेतृत्वमा पछि परिरहेका छन्। त्यसैले म जस्ता महिलाहरू अगाडि आएर पनि नेतृत्व गर्न सकिन्छ, समाज परिवर्तन गर्न सकिन्छ भन्ने सन्देश दिन एनआरएनएमा जाने निर्णय गरेकी हुँ।”
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal