काठमाडाैँ –  ग्यास्ट्रिकबाट पीडीत नहुने नेपाली सायदै हाेलान् । यति सम्मकी गयास्ट्रिकलाई नेपालीकाे राष्ट्रिय राेग नै भन्ने पनि आम प्रचलन रहेकाे छ । हाम्रो खानपान हुने अनुशासन हिनताले गर्दा पनि पेटमा ग्यास जम्मा हुने गर्छ ।

यसको समाधानका लागि कैयौं उपायहरु रहेका छन् । त्यसमध्ये आज एलोभेरा अर्थात घ्युकुमारीको प्रयोगले कसरी समाधान गर्न सकिन्छ भन्नेबारे चर्चा गरौं ।

सामग्री

–दुई चम्चा ताजा एलोभेरा जेल

–एक गिलास पानी

कसरी प्रयोग गर्ने ?

–एलोभेरा जेललाई पानीमा राम्रोसँग मिसाएर पिउने ।

कतिपटक प्रयोग गर्ने ?

– तपाई दिनभरमा एक देखि दुई गिलास पिउन सक्नुहुन्छ ।

कसरी फाइदा पुर्याउँछ ?

– पेटमा ग्यास भरिने गर्दा जलन हुन्छ, यसलाई समाधान गर्न सबैभन्दा उत्तम उपाय एलोभेरा जेल रहेको छ । एलोभेरामा एन्टीइम्फ्लेमेटरी गुण रहेको हुन्छ । जसले पेटमा हुने ग्यास भरिएर पेट पोल्नबाट बचाउँछ । यसका साथै यसले एन्टीसेप्टीक एजेन्टी पनि रहेको छ, जसको काम संक्रमण फैलाउने ब्याक्टेरियालाई मार्ने गर्छ । ग्यासको समस्याबाट छुटकारा पाउनको लागि एकपटक यो उपाय अवश्य प्रयोग गर्नुहोला ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय