नवराज दुवाडी, लिस्वन – पोर्चुगल सरकारले बढ्दाे काेराेना संक्रमण दरका कारण क्रिसमस तथा नयाँ बर्ष जस्ता चाडपर्वमा मानिसहरुको भिडभाड कम गर्न आंशिक लकडाउनकाे घाेषणा गरेकाे छ ।

मन्त्रीपरिषदकाे वैठक पछि प्रधानमन्त्री एन्टिनियाे काेष्टाले पत्रकारहरु संग कुरा गर्दै खुल्ला हिडडुल र आवतजावत नियन्त्रण गर्दै नयाँ नियम सहित आंशिक लकडाउनकाे घाेषणा गरिएको बताएका छन्।

प्रधानमन्त्री काेष्टाका अनुसार नयाँ नियममा सडक तथा सार्वजिनक स्थलहरुमा मा १० जनाभन्दा बढीको समुहमा हिड्न तथा भेला हुन राेक लगाएकाे छ ।

त्यस्तै २५ डिसेम्बर २०२१, शनिवारदेखि ९ जनवरी २०२२ सम्म पव डिस्को तथा बारहरु पूर्णरुपमा बन्द गर्ने र बन्दको अवधिमा सरकारले “ले अफ ” को सुबिधा दिनेछ।

नयाँ नियम अनुसार २४, २५, ३० र ३१ डिसेम्बर र १ जनवरीका दिन हाेटल रेष्टुरेन्टहरुमा प्रवेशकाे लागि काेराेना नेगेटिभकाे रिपाेर्ट हुनुपर्ने अनिवार्य व्यवस्था गरेकाे छ भने साँस्कृतिक तथा खेलकुदका कार्यक्रमहरुमा सरिक हुनका लागि पनि काेराेना नेगेटिभकाे रिपाेर्ट अनिवार्य गरेकाे छ । होटेल, होस्टेल र आवास व्यवसायिक प्रतिष्ठानमा प्रवेश गर्न र पारिवारिक उत्सवहरू जस्तै बिवाह, नामाकरण आदिमा उपस्थित हुन पनि कोरोना परिक्षणको नकारात्मक नतिजा अनिवार्य चाहिने।

त्यसैगरी नयाँ नियम अनुसार सार्वजनिक स्थलमा तथा सडकमा मादक पदार्थ सेवनमा पनि निषेध गरिएकाे छ भने सुपरमार्केट तथा अन्य व्यापारिक प्रतिष्ठानहरुमा एक पटकमा निश्चित संख्यामा मात्र प्रवेश दिईने छ ।

यसैवीच सरकारले कोरोनाकाे निशुल्क परिक्षणमा बृद्धि गरेकाे प्रभानमन्त्री काेष्टाले जानकारी दिए । उनका अनुसार यस भन्दा पहिला महिनाकाे ४ पटकसम्म निशुल्क परिक्षण हुँदै आएकाेमा अब बढाएर ६ पटक पुर्याईएकाे छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय