विमानस्थलबाट आवतजावत गर्दा सुरक्षा जाँच कडा हुन्छ तर एक जना अमेरिकी कलाकारले गुप्ताङ्गको आकार ठूलो भएका कारण झन्झट व्यहोर्नुपरेको छ । कलाकार जोन फल्कनले फ्रान्सिस्को विमानस्थलमा आफूमाथि शंका गरिएको बताएका छन् ।

एक अन्तर्वार्ताका क्रममा जोनले आफ्नो गुप्ताङ्ग ठूलो भएका कारण पाइन्टमा केही लुकाएर तस्करी गर्न लागेको हुनसक्ने शंका सुरक्षाकर्मीले गरेका जानकारी दिए ।

जोनले अन्तर्वार्तामा भनेका छन्, ‘ठूलो गुप्ताङ्गका कारण मेरो पाइन्ट असामान्य रूपले अगाडि देखिएको थियो, जसलाई देखेर सुरक्षाकर्मीले सोधे – तिम्रो खल्तीमा के छ ? मैले भने – केही छैन । यसपछि सुरक्षाकर्मीले खानतलासीका लागि मलाई लाइनबाट अलग गरिदिए । जाँचपछि सुरक्षाकर्मीले थाहा पाए कि मेरो पाइन्टमा केही लुकाइएको थिएन, बरु मेरो गुप्ताङ्ग धेरै ठूलो थियो ।’

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित रिपोर्टअनुसार जोन ५१ वर्षका छन् । उनले आफ्नो गुप्ताङ्ग संसारमै सबैभन्दा ठूलो भएको दाबी गरेका छन् । उनको लिङ्गको लम्बाई ८ इन्च रहेको छ भने उत्तेजित भएको बेला करीब १३.५ इन्च पुग्ने गरेको जोनको दाबी छ ।

गुप्ताङ्ग ठूलो भएका कारण जोनले पटक–पटक झन्झट व्यहोर्नुपरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय