इंग्लिस क्लव टोटनह्यामले एन्टोनियो कोन्टेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । यससँगै उनी प्रिमियर लिगमा फर्केका छन् ।

नुनो इस्प्रिटो सान्टोलाई बर्खास्त गरेको भोलीपल्ट टोटनह्यामले कोन्टेलाई नयाँ प्रशिक्षक नियुक्त गरेको हो ।

चेल्सीका पूर्व प्रशिक्षक समेत रहेका इटालीयन यी प्रशिक्षकले इन्टर मिलान क्लबको नेतृत्व गरेका छन् ।

५२ वर्षीय कोन्टेले क्लबसँग २ वर्षको सम्झौता गरेका छन् । उनको प्रशिक्षणमा टोटनह्यामले पहिलो खेलमा आइतबार एभर्टनसँग खेल्नेछ ।

उनले प्रिमियर लिग क्लबको प्रशिक्षकका रुपमा फर्कन पाउँदा आफु एकदम खुसी भएको र विश्वकै उत्कृष्ट मध्येको एक रंगशाला भएको क्लवको टिमसँग काम गर्न आतुर रहेको बताएका छन् ।

कोन्टेले चेल्सीलाई दुई वर्ष प्रशिक्षण दिने क्रममा सन् २०१६(१७ मा चेल्सीलाई प्रिमियर लिगको च्याम्पियन बनाएका थिए । उनकै प्रशिक्षणमा चेल्सीले २०१८ मा एफए कप जितेको थियो । प्रिमियर लिगको प्रशिक्षकका रुपमा उनले ७६ खेलमा ५१ जित हात पार्दै तीन पटक म्यानेजर अफ दी मन्थ बन्न सफल भएका थिए ।

यस्तै उनले गएको सिजनमा इन्टर मिलानलाई सिरिा ‘ए’ च्याम्पियन बनाएका थिए । उनले २०११ देखि २०१४ सम्म लगातार तीन पटक युभेन्ट्सलाई सिरि ए को उपाधि दिलाएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय