लिस्वन – महानायक राजेश हमालसंग पोर्तुगलमा रहेका नेपालीहरुले एक मिठो पल व्यतित गरेका छन् । अक्टोबर २ सोमबारका दिन लिस्वनको आरोइस स्थित ग्रिल एण्ड चील रेष्टुरेन्टमा महानायक हमालसंग यहाँका नेपालीहरुले मिट एण्ड ग्रिटका रुपमा साक्षत्कार गरेका हुन् ।

सोमबार केही ढिलो गरी शुरु भएको कार्यक्रममा हमालको प्रतिक्षामा रहेका नेपालीहरुले कार्यक्रमको शुरुमा आफ्नो केही भनाइ राखेका थिए । उनले पछिल्लो समय युरोपमा बस्ने नेपालीहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको पछिल्लो भ्रमणमा आफु युरोपको जुनसुकै राष्ट्र पुगेपनि नेपालीहरुको संख्यामा कतै कमि नदेखेको बताए । अध्यायन, रोजगारी वा अन्य विभिन्न उद्देश्य लिएर यहाँ आउने नेपालीहरुले प्रगती गरेको देखेर आफुलाई निकै खुसी लागेको पनि बताए ।

यो वीचमा आफुले युरोपको विभिन्न मुलुकहरुको भ्रमण गर्दै गर्दा नेपालीहले गरेको प्रगती देखेर जति खुसी लागेको छ, त्यतीनै मात्रमा आफ्नो भाषा, संस्कृति पनि कतै पलायन हुने हो की भन्ने चिन्ता पनि लागेको बताए । तर मुलुकको पस्थिति वा अन्य कुनै कारणले देश छोडेर यहाँ आउँदै गर्दा पनि यहाँ रहेका नेपालीहरुले नेपालमा मनाइने विभिन्न चाडपर्व तथा साँस्कृतिक कार्यक्रमहरु पनि निरन्तर रुपमा मानि आएको देख्दा आफुलाई फेरी खुसी लागेको पनि बताए ।

यति भन्दै गर्दा हामालले आफ्नो धर्म, संस्कृति र परम्परा अहिलेको र आउँदै गरेका पुस्तालाई पुस्तान्तरण गर्न नविर्सन पनि आग्रह गरे ।

अनौपचारिक रुपमा सम्पन्न भएको कार्यक्रममा करिब ६० जना नेपालीहरुले हमालललाई प्रत्यक्ष सुनेका थिए, आफ्ना प्रिय नायकसंग फोटो खिचाए र डिनर गरे ।  हमाललाई ग्रिल एण्ड चीलका संचालक शुमेश श्रेष्ठ, विनोद श्रेष्ठ तथा पुजा श्रेष्ठ लगाएतले स्वागत गरेका थिए । पुनम गौतमले संचालन गरेको कार्यक्रमलाई वासु सत्यालले संयोजन गरेका थिए ।

 

Photos : #Abhigraphy

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय