काठमाडाैँ – संविधानसभा अध्यक्ष एवं एमाले नेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अन्तिम संस्कारका लागि आर्यघाट पुर्‍याइएको छ ।

नेम्वाङको हिन्दू र लिम्बू संस्कारअनुसार अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा तथा एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएर सम्मानसहित अन्तिम बिदाई गरे ।

दाहसंस्कार गर्नुअघि उनलाई सैनिक तथा प्रहरीको टुकडीले राजकीय सम्मान दिइएको थियो । नेम्वाङको अन्तिम संस्कारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रीहरू, एमाले अध्यक्ष केपी ओली, दलका शिर्ष नेता तथा कार्यकर्ता, आफन्त र शुभेच्छुकको बाक्लो उपस्थिति रहेकाे थियाे ।

नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको थियो । उनको सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिइएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय