लिस्वन – नेपाली पपस्टार निमा रुम्बाले लिस्वनमा सांगितिक प्रस्तुती दिने भएका छन् । पोर्तुगलमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको द रायन्सले निमा रुम्बा लाइभ इन लिस्वन नामक सांगितिक कार्यक्रमको आयोजना गर्ने भएको हो ।

प्रिति बस्यो, मिस क्याटवाक, आउ आउन, जीवन विग्रियो, मायामाय, हुरीबतास जस्ता सुपरहिटक गितका सर्जक तथा गायक रुम्बाले यहि सेप्टेम्बर १० आईतबारको दिन लिस्वन स्थित एओ भिभोमा आफ्नो प्रस्तुती दिने भएका हुन् ।

बेलुका ७ बजे देखि शुरु हुने कार्यक्रम विहान ३ बजे सम्म चल्नेछ । कार्यक्रममा मिस्टर शाक्य, द रायन्स, डिजे प्रज्वल, एमसि जोन, एमसि उदान सागर गुरुड लगाएतको प्रस्तुती पनि रहनेछ ।सिल्भर, गोल्ड र डायमण्ड गरी क्रमशः २०, ३० र ५० युरो टिकट मुल्य तोकिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय