मुम्बई- भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको छोरीलाई बलात्कार गर्ने भन्दै चेतावनी दिएका एक जनालाई मुम्बई पुलिसले पक्राउ गरेको छ ।

टी २० विश्वकपमा समुह चरणबाट नै बाहिरीएको भारतका कप्तान कोहलीकी नौं महिनाकी छोरीलाई बलात्कार गर्ने भन्दै ती ब्यक्तिले चेतावनी दिएका थिए ।

उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि २३ बर्षे ब्यक्तिलाई हिरासतमा लगिएको हो । न्युज १८ का अनुसार हैदरावादका उनी सफ्टवेयर इन्जिनियर रहेको बताइएको छ ।

 

पाकिस्तानसँग १० विकेटले हारेको भारतको खेलपछि उनले बलात्कारको चेतावनी दिएका थिए । त्यो विरुद्ध कोहलीले सोसियल मिडियामा आपत्ती जनाएका थिए । त्यसमा मोहम्मद सामीले पनि साथ दिएका थिए ।

यसका साथै पाकिस्तानसँग हारेपछि सामीलाई पनि सोसियल मिडियामा जातीय विभेद हुने तरिकाले आलोचना गरिएको थियो । जसका विरोध कोहलीले पनि गरेका थिए ।

अनलाईनमा गरिएको बलात्कारको चेतावनीविरुद्ध दिल्ली कमिसन अफ वमनले पनि विरोध गरेको थियो । सो संस्थाले नै ती ब्यक्तिलाई पक्राउका लागि निवदेन दिएको थियो

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय