बर्तमान सरकारले ल्याएको बजेट गत महिना संसदबाट अस्विकृत भएपछि पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सुजाले संसद् विघटनको घोषणा गरेका छन् । उनले विहिवार संसद् विघटन गरिएको घोषणा गर्दै आगामी जनवरी ३० मा संसदीय निर्वाचनका लागि मितिसमेत तोकेका छन् । पोर्चुगलको संसदीय इतिहासमा ४५ वर्षपछि पहिलो पटक अहिले मात्रै संसदबाट बजेट अस्विकृत भएको अधिकारीले जनाएका छन् ।

देशमा उत्पन्न राजनीतिक सङ्कट अन्त्यका लागि अहिलेको संसदबाट समाधान ननिस्किएकाले यो संसद् विघटन गर्दै नयाँ संसद् गठनका लागि निर्वाचन गर्नु परेको उनले उल्लेख गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय