कोरोनाभाइरस संक्रमण फैलने गतिलाई तत्कालै नियन्त्रणमा नलिइए आगामी फेब्रुअरीभित्र युरोपमा थप पाँचलाख जनाको मृत्यु हुने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ ।

डब्लुएचओका युरोपेली प्रमुख हान्स क्लगले युरोपमा कोरोना संक्रमणले अर्को कीर्तिमान राख्नेतर्फ उन्मुख भएको बताए । निकै संक्रामक मानिएको डेल्टा प्रजातिको कारणले युरोपमा पुनः भाइरस संक्रमण निकै बढेको उनले मिडियासँग बताए ।

‘आज, युरोपका प्रत्येक देशहरु कोरोनाको पुनः संक्रमणसँग लडिरहेका छन् र कतिपयले लड्न थालिसके’ कोपनहेगनस्थित डब्लुएचओको युरोपेली मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

अहिले युरोपेली आयोगका २७ मुलुकसहित बेलायत, रुस, टर्की, इजरायल र केही एसियाली मुलुकमा ७८ मिलियन कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो साता युरोपेली अस्पतालका भर्ना हुने कोभिड संक्रमणमा दोब्बर वृद्धि भएको समेत प्रमुख क्लगले बताए ।

‘यदि यो संकट निरन्तर रह्यो भने फेब्रुअरीभित्र थप पाँचलाख जनाको मृत्यु हुनसक्छ’ उनले भने । ‘हामी भाइरसको अर्को लहरसँग लड्न थालेका छौं’ उनले भने, ‘युरोप पुनः महामारीका केन्द्रबिन्दु बन्न थालेको छ जुन एकवर्ष अघि पनि हामीमाझ थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय