काेलम्बाे – चरम आर्थिक संकटबाट गुज्रिरहेको दक्षिण एसियाली मुलुक श्रीलंकाको कोलम्बोमा बिहीवार राति हिंसा फैलिएपछि कर्फ्युको आदेश भएको छ। कोलम्बो जिल्लाको केही भागमा प्रदर्शनकारी सडकमा हिंसात्मक गतिविधिमा उत्रिएपछि रातिदेखि कर्फ्यु लगाउन परेको कोलम्बो टाइम्सले जनाएको छ।

कोलम्बो नर्थ, कोलम्बो साउथ, कोलम्बो सेन्ट्रल, नुगेगोडा, केल्यानिया र माउन्ट लाभिनिया क्षेत्रमा कर्फ्यू लगाइएको हो। प्रहरी अधिकारीलाई उदृत गर्द कोलम्बो टाइम्सले यी क्षेत्रका विद्यालय कहिलेबाट खुल्छन् भन्ने अझै यकिन नभइसकेको जनाएको छ।

श्रीलंकका राष्ट्रपति गोटाबाया राजपाक्षेको निवास जाने बाटोलाई प्रदर्शनकारीहरुले बन्द गराएका थिए। आर्थिक संकटको मुद्दालाई लिएर भएको राजनीतिले मुलुक थप संकटतिर धकेलिँदैछ। प्रदर्शनकारीलाई प्रहरीले अश्रुग्यास र पानीको फोहराले तितरवितर पारेको थियो।

आन्दोलनकारीहरो मुख्य असन्तोष १६ घन्टा लामो समयसम्म बिजुली प्रवाह काटिनु, खाना पकाउने ग्यासको अभाव हुनु, पेट्रोल, डिजेल र मट्टीतेल उपलब्ध नहुनु, अत्यावश्यक खाद्यान्नको अभाव र चर्को मूल्यवृद्धिले गराएको छ। इन्धनको मूल्यवृद्धिले सबै क्षेत्रमा महँगी बढाएको छ।

विद्युत आपूर्ति असमान रुपमा भइरहेकोमा पनि आन्दोलन भइरहेको छ। आन्दोलनकारीले सार्वजनिक बसमा आगजनी समेत गरेका छन्।

आन्दोलनकारीले राष्ट्रपतिको राजीनामालाई मुख्य माग बनाएका छन्। उनीहरु हिंसात्मक भएपछि अश्रुग्यास र पानीको फोहराका अलावा प्रहरीले गोली प्रहार गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय