लिस्वन-पोर्चुगलमा सवारी दुर्घटनामा परी कैलाली टिकापुर घर भएका २५ बर्षिय महेश थापाकाे निधन भएकाे छ ।

तोरेस भेद्रासस्थित पात्रोसिमा कम्पनीमा कार्यरत थापाको सडक दुर्घटनामा परी निधन भएको हाे। गएराति सडकमा हिंडिरहेका बेला तोरेसको आदोसकुनादोसमा सवारीले ठक्कर दिएको थियाे । लगत्तै उपचारका लागि अस्पताल लैजादैं गर्दा उनकाे मृत्यु भएको उनका साथी नरेश भट्टको भनाई छ । प्राप्त जानकारी अनुसार थापासँगै अन्य दुईजना पनि सँगै थिए । अन्य दुईजनालाई भने सुधपुछका लागि प्रहरीले गएराति नै नियन्त्रणमा लिएको बताइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय