

अबको केही घण्टापछि जनवरी १ अर्थात् नयाँ वर्ष शुरु हुँदैछ । संसारका अधिकांश मानिसले यो अवसरलाई परिवार र साथीभाइहरूसँग मनाउने गर्छन् ।
धेरैजसो मुलुक र समुदायमा यो समयमा ठूलै जमघटहरू समेत हुने गर्छन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि युवाहरुले यो अवसरलाई राम्रैसँग मनाउने गरेका छन् ।
अंग्रेजी नयाँ वर्षको शुरुवात परापूर्वकालको बेबिलोनमा करिब ४ सय वर्षअघि अर्थात् २ हजार ईसापूर्वमा भएको मानिन्छ । यसलाई मनाउन पहिलेदेखि नै उत्सवहरुको आयोजना गर्ने गरेको बताइन्छ । ग्रेगोरियन क्यालेण्डरमा नयाँ वर्षको पूर्वसन्ध्या वर्षको अन्तिम दिन अर्थात् डिसेम्बर ३१ मा हुने गर्दछ ।
पूरातन मान्यताअनुसार नयाँ वर्षको उत्सव दुई वटा अनुहार भएका रोमन देवता जनुसको नाममा शुरु गरिएको हो । उनैको नामबाट जनवरी महिनाको नाम राखिएको हो । जनुसको एउटा अनुहारले विगतलाई फर्केर हेर्ने र अर्कोले भविश्यतर्फ आशावादी हुने मान्यता राख्ने विश्वास गरिन्छ । Janaaastha
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal