बेलायतको एउटा स्वास्थ्य सुरक्षा निकाय (युकेएचएसए) ले डेल्ट प्लस भेरियन्ट झन चाडो फैलिने निष्कर्ष निकालेको छ ।    सो निकायका अधिकारीहरुले शुक्रबार सार्वजनिक गरेको विवरणमा लामो समयको अध्ययनबाट यस्तो निष्कर्ष निकालिएको उल्लेख छ । यस बारेमा थप अध्ययन अझै भइरहेको पनि उनीहरुको भनाइ छ । तर यसको असर भने गम्भीर प्रकारको नहुने सकारात्मक संकेत पनि अनुसन्धानकर्ताहरुले सुनाएका छन् । अहिले उपलब्ध रहेका खोपहरूले नै यसबाट सङ्क्रमितलाई बचाउन सकिने उनीहरुको निष्कर्ष छ । बेलायतमा पछिल्लो समय कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक धेरै देखिएको  छ । तीमध्ये डेल्टा भेरिअन्टबाट सङ्क्रमितहरु नै धेरै रहेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । उनीहरुले डेल्ट प्लस भेरियन्ट व्यापक रूपमा फैलिन सक्ने तर अहिले उपलब्ध खोपहरूले नै काम गर्न सक्ने जनाएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय