लिस्वन – पछिल्लाे समय काेभिड १९ काे संक्रमित संख्यामा बढाेत्तरी भएसंगै पाेर्चुगलका विभिन्न नगरपालिकालाई सरकारले चरम उच्च जाेखिम क्षेत्रकाे रुपमा ईङ्गित गरेकाे छ ।

पाेर्तुगलकाे स्वास्थ्य महानिर्देशनालयका अनुसार पछिल्लाे २ हप्तामा विभिन्न नगरपालिकाहरुमा काेभिड १९ काे संक्रमण दर उच्च मात्रामा वृद्धि भईरहेकाे छ । लिस्वन लगाएत ग्वार्दा, गाेलेगा, लाैले, माेनकाओ, ओईरास, ओरेम, फुन्चाल, पाेर्ताे, पाेर्ताे सान्ताे, ताेमार, भिल्ला नाेभा, मदेईरा लगाएत २१ वटा नगरपालिकाहरु चरम उच्च जाेखिममा रहेकाे महानिर्देशनालयकाे भनाई छ । यी क्षेत्रहरुमा प्रति १ लाख जनसंख्यामा ९६० भन्दा बढीमा संक्रमण पुष्टि भएकाे पनि उल्लेख गरिएकाे छ ।

त्यस्तै पछिल्लाे २ सातामा मात्रै १८ वटा नगरपालिका अति उच्च जाेखिमकाे सुचिमा थपिएकाे छ । याे संगै अति उच्च जाेखिम क्षेत्रमा १३० वटा नगरपालिका पुगेकाे छ । याे क्षेत्रमा प्रति १ लाख ४८० देखि ९५९.९ मानिसमा संक्रमणकाे दर फैलिरहेकाे तथ्याङ्क छ भने, १५१ वटा नगरपालिका उच्च जाेखिमकाे सुचीमा रहेका छन् । यी ठाउँमा भने प्रति १ लाख २४० देखी ४७९.९ मा संक्रमण रहेकाे महानिर्देशनालयले पुष्टि गरेकाे छ ।

त्यस्तै ३२ वटा नगरपालिकामा जाेखिम रहँदा क्राेभाे र स्पादा ए सिन्तामा भने पछल्लाे २ हप्तामा कुनै नयाँ विरामी फेला नपरेकाे पनि जनाईएकाे छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय