लिस्बन – नेपाली स्वादलाई प्रबर्द्धन गर्ने लक्ष्यसहित लिस्बनको प्रमुख क्षेत्र आरोइसमा “द बेकरी क्याफे बाइ ग्रिल एण्ड चिल”, फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डेको दिनदेखि सञ्चालनमा आएको छ। यस क्याफेले विशेषगरी नेपाली परिकारहरूमा आधारित बेकरी परिकारहरु जस्तै दुनोट, टिपिकल नेपाली पफ, कुकिज, पेस्ट्री, बर्थडे केक लगायत सम्पूर्ण बेकरी वस्तुहरू उपलब्ध गराउनेछ।

क्याफेले बर्थडे, बेबी सावर, एनिभर्सरी लगायतका विशेष अवसरहरूमा ग्राहकहरूको चाहनाअनुसारको डिजाइन र फ्लेवरमा केकहरू सुपथ मूल्यमा उपलब्ध गराउने जानकारी क्याफेका सञ्चालक सुमिश श्रेष्ठले दिएका छन्। ग्राहकहरूको आफ्नो इच्छाअनुसारका आकर्षक डिजाइनमा केक उपलब्ध हुने उनले बताए।

बेकरी सेवामा मात्र सीमित नरही, यस क्याफेले आफ्नै स्थानमा पार्टी आयोजना गर्ने ग्राहकहरूलाई पनि केकमा विशेष छुट प्रदान गरिरहेको छ। “ग्रिल एण्ड चिल” मा कार्यक्रम आयोजना गर्न चाहनेहरूका लागि अतिरिक्त सुविधाहरूको व्यवस्था गरिएको छ।

सञ्चालक श्रेष्ठका अनुसार, “द बेकरी क्याफे बाइ ग्रिल एण्ड चिल” ले लिस्बनको ३ किलोमिटर वरपरका ग्राहकहरूका लागि निःशुल्क होम डेलिभरीको सुविधा समेत उपलब्ध गराएको छ, जसले गर्दा ग्राहकहरू घरमै आरामपूर्वक स्वादिष्ट बेकरी परिकारहरूको आनन्द लिन सक्नेछन्।

श्रेष्ठले नेपाली स्वादका बेकरी वस्तुहरूमा अभ्यस्त भएका ग्राहकहरूलाई उही गुणस्तरीय नेपाली स्वादमा सेवा प्रदान गर्ने प्रतिवद्धता क्याफेले व्यक्त गरेको जनाए। यो सेवा नेपाली समुदायमा मात्र नभई अन्य राष्ट्रियताका ग्राहकहरूलाई पनि आकर्षित गर्ने विश्वास उनले व्यक्त गरे।

ग्रिल एण्ड चिल लिस्बनमा विगत लामो समयदेखि नेपाली तथा इण्डियन खानाका लागि चर्चित र प्रतिष्ठित स्थान हो। “द बेकरी क्याफे” को शुभारम्भसँगै, अब ग्राहकहरूले बेकरी वस्तुहरूमा पनि नेपाली स्वादको विशेष अनुभव गर्न सक्नेछन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय