काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशन आइतबार काठमाडौंमा सम्पन्न भएको छ।
काठमाडौंको हायात होटेलमा सम्पन्न महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गर्दै अधिवेशन टुंग्याएको हो।
प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार अधिवेशनमा अध्यक्षदेखि सबै पदाधिकारी सर्वसम्मतरूपमा चयन भएका छन्। उनले निर्वाचन प्रक्रियामा सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद ज्ञापन गरे।
नवनिर्वाचित कार्यसमितिमा अध्यक्षमा महेशकुमार श्रेष्ठ चयन भएका छन्। उपाध्यक्षहरूमा सुनिल कुमार साह, बुद्धिसागर सुवेदी, खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, मनोजकुमार श्रेष्ठ (गोर्खाली) र विश्वास दीप लिम्बु (तिगेला) रहेका छन्।
महिला उपाध्यक्षमा जुनु गुरुङ चयन भएकी छन्। महासचिवमा बाबुराम (बीआर) लामा, सचिवहरूमा चिन्तामणि सापकोटा, टंकप्रसाद गैरे र तिलकप्रसाद गैरे रहेका छन्।
कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना, महिला सचिवमा देवकी खत्री गुरुङ, सह–कोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल, महिला संयोजकमा रश्मि थापा र युवा संयोजकमा भीमसेन थापा चयन भएका छन्।
क्षेत्रीय संयोजकहरूमा एसिया–प्रशान्त क्षेत्रबाट डा. बलराम श्रेष्ठ, युरोप क्षेत्रबाट प्रेमबहादुर गुरुङ, मध्यपूर्वबाट रमेश श्रेष्ठ, उत्तर–दक्षिण अमेरिका क्षेत्रबाट डिलुराम पराजुली र ओसियानिया क्षेत्रबाट इर्सद अहमद रहेका छन्।
त्यस्तै, क्षेत्रीय उप–संयोजकहरूमा एसिया–प्रशान्त क्षेत्रबाट माधव पोखरेल र मीमबहादुर पुर्जा, मध्यपूर्वबाट सुनिलकुमार घिमिरे र श्रीकृष्ण भट्टराई, उत्तर–दक्षिण अमेरिकाबाट विश्वराज बास्तोला र नरबहादुर टण्डन क्षेत्री तथा ओसियानियाबाट रामप्रसाद कँडेल र प्रताप राना चयन भएका छन्।
निर्वाचन समितिका अनुसार महाधिवेशन सम्पन्न भएको दिन आइतबार नै एक विशेष समारोहका बीच नवनिर्वाचित पदाधिकारीहरूलाई शपथग्रहण गराएर प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।