लिस्बन — पोर्चुगलको सरकारको तर्फबाट राष्ट्रपति मामिलाका मन्त्री एन्टोनियो लेइटाओ अमारोले अब अवैधानिक रूपमा बसेका विदेशी नागरिकहरूलाई स्वेच्छाले देश छाड्न २० दिनको सूचना पठाउने प्रक्रिया सुरु भएको बताएका छन् ।

सरकारी मुख्यालय लिस्बनमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री अमारोले AIMA (एकीकरण, आप्रवासन तथा शरण एजेन्सी) ले ४ हजार ५ सय ७४ जना विदेशी नागरिकलाई देश छाड्न सूचना पठाउन लागेको जानकारी यसै हप्ता सरकारले प्राप्त गरेको र त्यही अनुसार सरकारले देश छाड्न निर्देशन दिएको पुष्टि गरे।

उनका अनुसार, हालसम्मको प्रकृयाबाट कुल १८ हजार आप्रवासीहरुको आवेदन अस्विकार गरिएको र पहिलो चरमा ४ हजार ५ सय ७४ जना विदेशी नागरिकलाई देश छाड्न निर्देशन दिइएको हो ।

साथै, उनले जानकारी दिए कि हालसम्म १ लाख १० हजारभन्दा बढी प्रक्रियाहरू अझै बाँकी छन्। तीमध्ये धेरैजसो स्वीकृत हुने भए पनि थप अस्वीकृतिहरू र नयाँ सूचनाहरू पनि आउने सम्भावना रहेको उल्लेख गरे।

मन्त्री अमारोले पोर्चुगलको आप्रवासन नीति अब नियमनमा आधारित भएको र नियम पालना नगर्नेहरूलाई कानुनी कार्यवाही आवश्यक हुने स्पष्ट पारे। “जसले नियम पालना गर्छन् — पोर्चुगाली हुन् वा विदेशी — तिनीहरूका लागि न्याय हुनुपर्छ। त्यसका लागि कानूनअनुसार कारबाही आवश्यक छ।

उनले थप अगाडि स्पष्ट पार्दै भने गैरकानुनी रुपमा रहेका आप्रवासीहरुलाई पहिलो चरणमा  स्वेच्छाले देश छोड्न सूचना दिने, र यदि त्यस अवधिमा नछाडेमा बलपूर्वक निष्कासन प्रक्रिया अगाडि बढाउने बताए।

यसअघि, पोर्चुगलको चर्चित पत्रिका Jornal de Notícias ले शनिबार ४ हजारभन्दा बढी आप्रवासीलाई देश छाड्नुपर्ने खबर सार्वजनिक गरेको थियो। त्यसको केही समयपछि मन्त्री अमारोले सरकारले त्यस सूचना पुष्टि गर्दै प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिएका हुन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय