श्रीलङ्कामा संसारकै सबैभन्दा ठूलो नीलमणि भेटिएको छ ।
अधिकारीहरूका अनुसार नीलमणि स्टार सफायर भनिने एक प्रकारको नीलमणि फेला परेको हो।
उक्त बहुमूल्य रत्न संयोगले भेटिएको जनाइएको छ। बीबीसीका अनुसार रत्नपुर क्षेत्रमा आफ्नो घरपछाडि इनार खन्न लाग्दा कामदारहरूले ५१० केजी तौल भएको रत्न एकैढिक्कामा फेला पारेको एक रत्नव्यापारीले बताएका हुन् ।
हल्का नीलो रङ्गको उक्त मणिले अन्तर्राष्ट्रिय बजारमा १० करोड अमेरिकी डलरसम्म अर्थात् झन्डै १२ अर्ब नेपाली रुपैयाँसम्म मूल्य पाउने विज्ञहरूको भनाइ छ।
ताजा समाचार
लोकप्रिय
© 2024: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal