दुवै-युएइमा जारी टी-ट्वेन्टी विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ । यससँगै पाकिस्तानको सेमिफाइनल यात्रा बलियो बनेको छ ।
पहिलो खेलमा भारतलाई १० विकेटले हराएको पाकिस्तानले दोस्रो खेलमा अर्को बलियो दाबेदार न्युजिल्यान्डलाई ५ विकेटले पराजित गर्योे ।
समुह दुईमा लगातार दोस्रो जितसँगै पाकिस्तान ४ अंकका साथ शिर्ष स्थानमा छ । राम्रो रनरेटमा जित निकालेको अफगानिस्तान २ अंकका साथ दोस्रो स्थानमा छ।
अब पाकिस्तानले अफगानिस्तान र स्कटल्यान्डसँग खेल्ने छ। पाकिस्तान बाहेक अन्य सबै टीमले समान १ खेल खेलेका छन् । जितविहिन रहेका न्युजिल्यान्ड, भारत र स्कटल्यान्ड समान १ हारका साथमा तेस्रो चौंथो र पाँचौं स्थानमा छन् ।
टस हारेर पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र जोड्न सक्यो । जवाफमा पाकिस्तानले ८ बल बाँकी छँदै ५ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
ताजा समाचार
लोकप्रिय
© 2024: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal