लिस्बन— धादिङ जिल्ला, वेनिघाट-रोराङ गाउँपालिका–९, ज्यामिरेघाट निवासी भिस्मबहादुर खड्काको पोर्तुगलमा असामयिक निधन भएको छ। निधनको खबरले सम्पूर्ण धादिङ समाज पोर्तुगल शोकमा डुबेको छ।

खड्काको निधन जुलाई ५ तारिखका दिन भएको पुष्टि गर्दै धादिङ समाजले एक अपिलमार्फत स्व. खड्काप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। उहाँको निधनले परिवार, आफन्तजन मात्र नभई सम्पूर्ण नेपाली समुदायमा गहिरो पीडा र शोकको वातावरण सिर्जना भएको छ।

समाजले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, “प्रवासी जीवनका यस्ता कठिन घडीहरूमा भावनात्मक मात्र होइन, आर्थिक रूपमा पनि एक-अर्कासँग सहकार्य, सहानुभूति र सहयोग अपरिहार्य हुन्छ।”

स्व. खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै धादिङ समाज पोर्तुगलले दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ भने शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै यथासम्भव आर्थिक सहयोगका लागि नेपाली समुदायमा अपिल गरेको छ।

धादिङ समाज पोर्तुगलले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चीरशान्तिको कामना गरेको छ। साथै, पीडित परिवारलाई आवश्यक सहयोग पुगोस् भन्ने हेतुले आर्थिक सहयोग संकलन अभियान चलाइएको जानकारी दिएको छ।

सहयोग गर्न चाहने सबैलाई निम्न बैंक खातामा सहयोग रकम पठाउन अनुरोध गरिएको छ:

बैंक खाता विवरण

  • नाम: रोहित भारती (कार्यसमिति सदस्य, धादिङ एसोसिएसन पोर्तुगल)

  • IBAN: PT50 0007 0000 0067 4038 1602 3

  • MBWay: 920 247 781

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय