
लिस्बन — नवलपुर समाज पोर्तुगलको आयोजनामा वरिष्ठ गायक रमेशराज भट्टराईको सम्मानमा एक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम यही जुलाई ८ तारिख, मंगलबार, लिस्बनस्थित लवलिस्बन रेस्टुरेन्टमा हुने तय भएको छ।
सांझ ७ बजे सुरु भई राति १२ बजेसम्म सञ्चालन हुने कार्यक्रममा गायक भट्टराईका चर्चित तथा लोकप्रिय गीतहरू प्रस्तुत गरिने आयोजकले जनाएका छन्। गायक तथा सर्जक भट्टराईलाई विशेष सम्मानसमेत गरिने कार्यक्रमको मुख्य आकर्षण हुने बताइएको छ।
नवलपुर समाज पोर्तुगलले सम्पूर्ण पोर्तुगलवासी नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई सांगीतिक रमाइलोमा सहभागी हुन आग्रह गरेको छ।
‘प्रसिद्ध गायक रमेशराज भट्टराईको सांगीतिक साँझ तथा सम्मान कार्यक्रममा तपाईंहरूलाई स्वागत गर्न पाउँदा हामी अत्यन्त हर्षित छौँ,’ आयोजकको तर्फबाट जारी निमन्त्रणामा उल्लेख गरिएको छ, ‘यस विशेष साँझमा रमेशराज भट्टराईका लोकप्रिय गीतहरू प्रत्यक्ष रूपमा सुन्न र रमाइलो गर्न सबैलाई हार्दिक अनुरोध गर्दछौँ।’, अध्यक्ष प्रेम बुढापृथीले भने ।
कार्यक्रममार्फत प्रवासमा नेपाली संगीत, कला र संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्य रहेको समाजका महासचिव अनन्त प्रसाद तिवारीले जानकारी दिएका छन्।
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal