

पुस्तक रेग्मी
बेलायत – विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा आबद्ध रहेर आफ्नो देशभन्दा पर पुगेर पनि स्वदेशमै भएझै गीत संगीतलाई माया गर्ने परदेशी गायक नवराज पाण्डेले लामो समयको अन्तरालपछि चार दिन अगाडि आँसु उपहार गीत सार्वजनिक गरेका छन्।
गायक पाण्डेलाई यस गीतमा भने चर्चित गायिका पछिल्लो समय बेलायतलाई कर्मथलो बनाउँदै आएकी लक्ष्मी खड्काले साथ दिएकी छिन्।
गायिका लक्ष्मी खड्काको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा विवस गोर्खालीको लय तथा शब्द सिर्जना रहेको छ ।
आँसु उपहार नाम दिएको गीतमा पछिल्लो समयको चर्चित मोडल स्मारिका ढकाल र सुरेश कोहलीले अभिनय गरेका छन्।
गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनेको छ। यस गीतले प्रेम र मायामा छुट्टिएका जोडीहरूको मर्मस्पर्शी कथा प्रस्तुत गरेको छ।
गीतका बोल रचनाकारले उत्कृष्ट रूपमा सिर्जना गरेका छन् भने लय तथा संगीत पनि मनमोहक छ। गायक नवराज पाण्डे र गायिका लक्ष्मी खड्काले आफ्नो सुमधुर आवाजले गीतलाई अझ बढी मिठास दिएको छ।
उक्त सार्वजनिक म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले छायांकन गरेका छन् भने सम्पादन सुजन कोइरालाले गरेका हुन्। पछिल्लो समयमा निकै व्यस्त रहेका निर्देशक निशान बाँनीयाले निर्देशन गरेका छन् ।
गीतको लिङ्क : https://youtu.be/8m6l1fwGQJc?si=dgUz7MW2rfZEPBNA
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal