

लिस्वन – नेपाली यूवाहरुको संयुक्त प्रयासमा शुरु भएको “इभेन्ट म्यानेजमेन्ट” कम्पनी “EyePoppers” ले पोर्चुगलको राधानी लिस्वनमा ख्यातीप्राप्त नेपाली कलाकारहरुको साथमा “लाइभ कन्सर्ट” गर्ने भएको छ ।
नेपालका ख्यातीप्राप्त गायक, संगितकार तथा रचनाकार कालिप्रसाद बास्कोटा र अर्की चर्चित तथा लोकप्रिय गायिका तृष्णा गुरुडको साथमा आगामी सेप्टेम्बर १२ तारिक सोमबारको दिनमा लिस्वनमा कन्सर्ट आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।
लिस्वन स्थित “Lisboa ao Vivo, Av, Marechal Gomes da Costa, 29B1” मा हुने कार्यक्रमको अन्तिममा डिजे फराय र डिजे प्रज्वलको साथमा “डिजे सेसन” हुने आयोजक मध्येका एक अविरल रघु श्रेष्ठले बताए ।
‘कालेदाइ कालेदाइ’, ‘पारी त्यो डाँडामा’, ‘सुन साईली’, ‘इन्ष्टाको फोटो’ लगाएत दर्जनौँ चर्चित गीतका गायक तथा संगितकार बास्कोटा नेपाली युवापुस्तामा निकैनै लोकप्रिय छन् । विशेष गरी नेपाली लोक तथा काँठमा गाईने लयलाई आधुनिक जनराबाट गीतको सिर्जना गर्न माहिर बास्कोटा नेपालमा हुने विभिन्न रियालीटी सो को निर्णायक समेत भइसकेका छन् ।
त्यस्तै, ‘माया पिरती मेरो शिरमाथी’, ‘साँझको बेला’, ‘रेलैमा’, ‘मायमा मनभरी’ लगाएत थुप्रै चर्चित गीतकी गायिका तृष्णा गुरुङ पनि नेपाली युवापुस्तामा माझ अहिलेकी चर्चित गायिका हुन् । उनी पनि “भ्वाइस अफ नेपाल” सिजन ३ को निर्णायक समेत रहीसकेकी छिन् ।
अहिले युरोप भ्रमणमा रहेका यी दुइ चर्चित गायक गायिकाले डेनमार्क, माल्टा, फ्रान्स लगाएतका देशहरुमा आफ्नो प्रस्तुती दिईरहेका छन् ।
आयोजकका अनुसार कार्यक्रममा सहभागी हुनेहरुको लागि साधारण र भिआइपी गरी दुइ किसिमको टिकटको व्यवस्था गरिएको छ । जसमा यहि सेप्टेम्बर ४ तारिक सम्म टिकट लिनेहरुको हकमा साधारण तर्फ १५ तथा भिआइपी तर्फ २० युरो तोकिएको छ । ५ सेप्टेम्बर देखि ११ सेप्टेम्बरसम्म टिकट लिनेहरुको हकमा भने साधारण तर्फ २० तथा भिआइपी तर्फ २५ युरो तथा कार्यक्रम स्थलमानै टिकट लिनेहरुको हकमा २५ युरो तोकिएको छ ।
टिकटका लागि आयोजकहरुको पोर्चुगलका विभिन्न चर्चित व्यापारिक प्रतिष्ठानहरु “FINAC, Continiente, Worten, El Corte Ingles, त्यसै गरि रेष्टुरेन्ट दियालो, काष्ठमाण्डप सुपरमार्केट, झापाली मिनी मार्कादो तथा मोमो स्टेशनबाट लिन सकिने व्यवस्था गरेको छ ।
कार्यक्रमबाट उठेको केही रकम नेपालमा रहेको “पिस एण्ड व्युटिफुल चिल्ड्रेन वेलफेयर” नामक गैरनाफामुलक संस्थालाई सहयोग स्वरुप प्रदान गर्ने आयोजकले जानकारी दिएको छ ।
यस अघि लिस्वनमानै २०० जना भन्दा बढी सहभागी गराएर यहि टिमले ‘Boat Party’ को सफलतापुर्वक आयोजना गरेको थियो ।
पछिल्लो समय चाडबाडको मुखमा यहाँ स्थित नेपाली समूदायहरुले विभिन्न चर्चित नेपाली कलाकारहरुको साथमा साँगितिक कार्यक्रमको आयोजन गर्ने क्रम बढीरहको सन्दर्भमा यो एउटा कार्यक्रम मात्र नभएर अन्तराष्ट्रिय स्तरको कन्सर्ट हुने आयोजकले जनाकारी दिएको छ ।
४ जना नेपाली युवाहरु अविरल रघु श्रेष्ठ, जेसन नक:मि, जेक् सुजन आचार्य तथा उज्वल ढकाल मिलेर स्थापना गरेको ‘EyePoppers’ ले उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो । पोर्चुगलमा रहेका नेपाली समूदायहरुमाझ उच्च स्तरिय ‘इभेन्ट’ र अन्य मनोरञ्जनात्मक तथा साँगितिक कार्यक्रमहरु गर्ने उद्देश्यले यसको स्थापना गरिएको उनीहरुले जानकारी दिए।
ताजा समाचार
लोकप्रिय
© 2023: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal