लिस्वन – साहित्यकार विनोद स्पन्दनको शब्द रचनामा तयार भएको गीत चोखो मायाको म्युजिक भिडियो सार्वजनिक भएको छ । बुढासुब्बा डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक भएको गीतको भिडियोलाई सुनिल संगमले निर्देशन गरेका छन् ।

आभास श्रेष्ठको स्वरमा रहेका गीतलाई भिडियोका निर्देशक सुनिल संगमले नै संगित भरेका छन् भने महाराज थापाको एरेन्ज रहेको छ । चोखो माया कस्तो हुन्छ भन्ने भाव पोखिएको गीत निकैनै मार्मिक रहेको छ । गीतको भाव अनुसारनै निर्देशक संगमले भिडियो पनि तयार पारेका छन् ।

पोर्चुगलको राजधानी लिस्वन स्थित विभन्न स्थानमा छायांकन गरिएको भिडियोमा रचनाकार स्पन्दन स्वंयले अभिनय गरेका छन् भने उनलाई पुजा सिंखडाले मोडलको रुपमा साथ दिएकी छिन् । बाल कलाकारको रुपमा रिअंश धिमालले अभिनय गरेका छन् । प्रवासमा रहेर पनि नेपाली गीत संगित तथा साहित्यको क्षेत्रमा योगदान पुर्याउँदै आएका श्रष्टा तथा कलाकारहरुले यस गीत तथा गीतको म्युजिक भिडियोमा पनि न्याय गरेका छन् ।

भिडियोलाई पुष्पराज सुवेदीले खिचेका छन् भने ओम प्रकाश अवस्थीले सम्पादन गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय