

- गंगा बहादुर नेम्कुल
काठमाडौंको मेयर नेपाल संम्बत ११४२ बिक्रमग संम्बत २०७९ को स्थानीय तहकाे निर्वाचन नजिकै गर्दा देशकै राजनीतिक केन्द्र बिन्दु राजधानी काठमाडौंको मेयर को हुने बिषय महत्वपुर्ण मोड लिएको छ।
काल खण्डमा विभिन्न युग पार पछि लिच्छवि कालसम्म आइपुग्दा नेपालमण्डल हुन पुग्यो । हाल हामी नेपाल मात्र लेखिने बोल्ने गरीरहेका हुन्छौं । तर पुर्ण रूपमा हाम्रो देशको नाम नेपाल मण्डल हो। जसरी जल,वायु, अग्नि र माटो आदि तत्वहरु मिलेर अष्ट मण्डल बन्छ, यहि अष्टमण्डल भित्र मानव जीवन चक्र चलिरहेछ ।
अष्टमण्डलको प्रतीक मानिएको नेपाल मण्डल कालखण्डमा त्याे प्राचीन समय जल – जलले भरीभराउ हुँदा नेपाल भाषामा स्वयंमबु यसको अर्थ हुन्छ (स्वयं उत्पती भएको) स्वयंमबु आज पनि काठमाडौंकाे धर्मिक स्तरमा प्रबित्र मानिन्छ ।
लिच्छवि कालमा भगवान शिव पशुपति नाथको स्वरुप प्रकट हुनुभयो। शिलालेख र किमबदन्तीहरुका आधारमा मान्न सकिन्छ । लिच्छविकाल नेपाल मण्डलमा नेपालीहरुको लागि स्वर्णिम युग थियो । नेपाल मण्डल हालको काठमाडौं उपत्यका, जहाँ देवीदेवता, नाग, नागिन हरुको पबित्र तपाेभुमी लाई सिगार्न र पुर्ण स्वरुप दिनमा यहाका नेपामी र लिच्छवि शासकहरुकाे महत्वपुर्ण याेगदान छ ।
लिच्छवि पछिको मल्ल शासकहरुले यो मण्डलमा लाई बिस्वको उत्कृष्ट मठ मन्दिर देवालय र विस्वकै उत्कृष्ट बैज्ञानिक शहरको रूपमा पस्तुत गर्यो । यसलाई संरक्षण गर्न आज पनि सम्म काठमाडौंका स्थानीयहरु लागि परेका छन् ।
यहि काठमाडौंको मेयर हुन के- के गुण हुनु पर्छ?
१) स्थानीय नेपाल भाषा ज्ञान
२)लिच्छवि र मल्लकालिन सभ्यताको ज्ञान
३) यहाँका प्रचिन टोलका नामहरु अर्थ बुझेको
४) याहा परम्परा सँस्कृती राम्रो सग बुझेको र विश्व सामु बुझाउन सक्षम
५) सम्पुर्ण धर्म, सँस्कृती र समुदायलाई समान व्यबहार गर्न सकिने नयाँ पुस्ता र अग्रज बर्गलाइ समेटिएर विकासको पठ तिर संग – संगै हिड्न सकिने ।
यी कम्तीमा पाँच वटा क्षमता भएका ब्यक्ति लाई देश ठुला राजनीतीक दलहरू अगाडि बढाए ।
काठमाडौं माहानगर पालिका विश्वको कुनै पनि ब्यक्तिले नेपाल आगमनमा पहिलो पाइला राख्ने माहनगरले न्याय हुने छ भने आशा लिएको छ । स्थानीय निकाय विकसित भए सिगो देश स्वत: बिकास हुन्छ ।
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal