काठमाडौँ – हामीले एन्ड्रोइड स्मार्टफोन चलारहँदा कहिलेकाँही वाईफाई पासवर्ड चाहिरहेको हुन्छ तर हामीलाई पासवर्ड याद नभएको हुन सक्छ ।

तपाईको घरमा कोही साथी वा नातागोताको मान्छे आउँदा चिया नास्तासँगै नेटको पासवर्ड दिने चलन पनि बढदै गएको छ । तर सधैँ पासवर्ड याद गर्न गार्‍हो हुने हुँदा स्मार्टफोनबाट पासवर्ड कसरी थाहा पाउने बारे आज हामी जानकारी दिदैछौँ ।

एन्ड्रोइड १० देखिको स्मार्टफोनमा रुट बिनानै तपाइले पासवर्ड हेर्न सक्नुहुनेछ । एन्ड्रोइड १० वा त्यसपछिको अपरेटिङ सिस्टममा पासवर्ड हेर्नका लागि सेटिङ्गमा गएर नेटवर्क एण्ड इन्टरनेट भन्ने अप्सनमा क्लिक गर्नुपर्छ ।

त्यसपछि वाईफाई भन्ने अप्सनमा क्लिक गरेपछि तपाई साइनइन भएको वाइफाइ नेटवर्क देख्न सक्नुहुनेछ । त्यसलाइ सेलेक्ट गरेर नेटवर्कको अप्सनहरु सेलेक्ट गर्न सक्नुहुन्छ । अब त्यहाँ सेयर बटन सेलेक्ट गरेर तपाईको आफ्नो पिन कोड हाल्नुपर्ने हुन्छ ।

यति गरेपछि क्युआर कोडको तल वाईफाईको पासवर्ड पनि पाउन सक्नुहुन्छ । केही कारणले पासवर्ड देखाएन तपाईले क्युआर कोड स्कयान गर्न पनि सकिन्छ ।

एन्ड्रोइड ९ वा त्यो भन्दा पुरानो अपरेटिङ सिस्टममा पासवर्ड हेर्नका लागि : 

एन्ड्रोइड ९ वा त्यो भन्दा पुरानो अपरेटिङ सिस्टममा माथि बताइएको अप्सन हुँदैन् । यसैका कारणले तपाईले पासवर्ड हेर्नका लागि तपाइ रुटेड हुनुपर्ने हुन्छ ।

रुटेड भएको अवस्थामा फाइल एक्सप्लोरर एप प्रयोग गरेर वाइफाइमा क्लिक गर्नुपर्छ । यति गरेपछि wpa_supplicant.conf  मा क्लिक गर्नुपर्छ ।

यति गरेपछि नेटवर्क नाम र पासवर्ड हेर्न सकिन्छ । यसले काम गरेन भने एन्ड्रोइड वाईफाई पासवर्ड भ्युअर एप प्रयोग गर्न सकिन्छ । यसले सेभ गरिएको नेटवर्कबाट पासवर्ड हेर्न सकिन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय