
लिस्बन — पोर्चुगलमा अब विदेशी नागरिकहरूको बसोबास अनुमति नवीकरण प्रक्रिया झन् सजिलो हुँदै गएको छ। देशको सरकारले हालै लागू गरेको डिक्री-ल कानून नं. ८५-B/२०२५, जुन हिजो (१ जुलाई) देखि कार्यान्वयनमा आएको हो, सो अनुसार विदेशी नागरिकका लागि जारी गरिएका बसोबास अनुमति पत्र (Residence Permit) हरूको वैधता आउँदो १५ अक्टोबर २०२५ सम्म स्वतः विस्तार गरिएको छ।
यसै क्रममा, AIMA (एजेनसिया परा ए मिग्रासाओस ए एशीलो) र यसको मातहत रहेको Mission Structure (कार्य समूह) ले बसोबास अनुमति नवीकरणका सबै प्रक्रिया अनलाइनमार्फत सहज बनाउन दुईवटा नयाँ सेवा प्रारम्भ गरेका छन्।
३० जुन २०२५ सम्म म्याद सकिएका अनुमतिपत्रका लागि
सन् २०२० को फेब्रुअरीदेखि २०२५ को जुन महिनासम्म म्याद सकिएका बसोबास अनुमतिपत्रका धनीहरूलाई इमेलमार्फत क्रमशः जानकारी दिइनेछ। सूचना प्राप्त भएपछि, आवेदकहरूले services.aima.gov.pt मा गई आफ्ना प्रवेश अधिकार (access credentials) को पुनः मान्यकरण (revalidation) गर्नुपर्नेछ।
त्यसपछि, त्यही प्लेटफर्ममार्फत DUC (Documento Único de Cobrança) तयार गरी १० कार्य दिनभित्र शुल्क भुक्तानी गर्नुपर्नेछ। खाता मान्य र शुल्क तिरेपछि, जरूरी परेको खण्डमा आवेदकलाई EMAIMA कार्यालयमा biometric data संकलनका लागि उपस्थित हुन इमेलमार्फत मिति तोकिएको प्रस्ताव (appointment) पठाइनेछ।
नवीकरणका लागि आवेदकको कर (fiscal) तथा सामाजिक सुरक्षा (social security) स्थिति नियमित हुनुपर्छ भने संबन्धित सबै कानुनी कागजातहरू अपलोड गर्नु पर्नेछ।
AIMA ले यस सूचना प्रक्रिया १ जुलाई २०२५ बाट सुरु गरिसकेको छ। म्याद सकिएका सबै अनुमतिपत्रका धनीहरूलाई क्रमशः इमेलमार्फत जानकारी दिइनेछ र इमेल प्राप्त नभएसम्म प्रक्रिया अघि नबढाउन स्पष्ट भनिएको छ।
३० जुन २०२५ पछि म्याद सकिने अनुमतिपत्रका लागि
३० जुन २०२५ पछिको म्याद सकिने अनुमतिपत्र हुने सेवाग्राहीहरूले AIMA ले अर्को साता सार्वजनिक गर्ने “Portal das Renovações” मा गई प्रत्यक्ष आवेदन दिनुपर्नेछ।
आवेदन गर्नुअघि कर तथा सामाजिक सुरक्षा स्थिति नियमित हुनुपर्छ, सम्बन्धित शुल्क पूर्वभुक्तान गर्नुपर्नेछ र कानुनी रूपमा आवश्यक सबै कागजातहरूको प्रतिलिपि संलग्न गर्नु पर्नेछ।
यसपछि AIMA ले अपराधिक रेकर्ड, सुरक्षा अवस्था र पोर्चुगलमा बस्नसक्ने आर्थिक अवस्था (subsistence) को समीक्षा गर्नेछ। यदि प्रक्रिया स्वीकृत भयो भने, biometric data वा राहदानीको म्याद सकिएको अवस्थामा मात्र Loja AIMA (AIMA स्टोर) मा biometric संकलनको लागि Portal मार्फत सूचना दिइनेछ।
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal