लिस्वन – मकवानपुर जिल्ला थाहा नगरपालिका निवासी क्यान्सर पीडित शर्मिला तामाङ्गको सहयोगार्थ पोर्तुगलबाट १ लाख भन्दा बढी रकम संकलन भएको छ । जनप्रगतिशिल मंच पोर्तुगलकी अध्यक्ष सीता ढकालको नेतृत्वमा उक्त रकम संकलन भएको हो ।
विगत लामो समय देखि स्तन क्यान्सरबाट पीडित तामाङ्गको उपचारार्थ विभिन्न समयमा सहयोगको लागि आह्वान गरिँदै आइरहेको थियो । आर्थिक अवस्था निकैनै दयानीय रहेको तामाङ्गको परिवार खेती किसानी गरेर परिवार पाल्दै आइरहेका थिए । हाल काठमाडौँको वीर अस्पतालमा उपचारारत तामाङ्गले रकमको अभावमा थप उपचार गर्न कठिनाई भोग्दै आइरहेका थिए ।
विगत केही समय अघि देखीनै विभिन्न संघ संस्था तथा सामाजिक सञ्जाल मार्फत पनि तामाङ्गको उपचारमा सहयोग जुटाउन आह्वान गरिएकोमा पोर्तुगलमा रहेका नेपालीहरुले सहयोग गरेका हुन् । यसको लागि एनआरएनए पोर्तुगलकी महिला संयोजक समेत रहेकी ढकालले यहाँ रहेका विभिन्न नेपालीहरुबाट उक्त सहयोग रकम संकलन गरेकी हुन् ।
३८ जना बाट संकलित ७७७ युरो अर्थात १ लाख ११ हजार १ सय एघार रुपैयाँ हिजोनै तमाङ्गकी आफन्तलाई नेपाल पठाइ सकिएको छ ।
सायु साेलुसन लिस्वनले निशुल्क रकम पठाउन मद्दत गरेकाे थियाे ।
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal