लिस्वन – पोर्तुगलको प्रधानमन्त्री लुइस मोंटेनेग्रोले वर्तमान समयमा सरकारको विश्वासको प्रस्ताव फिर्ता लिने कुनै सम्भावना नरहेको बताएका छन् । उनले आइतबार कोइम्ब्रामा आयोजित राष्ट्रिय जल व्यवस्थापन रणनीति सुरुवात समारोहमा सहभागी भइरहेका बेला मिडियासँगको कुराकानीमा यसबारे प्रस्ट पार्दै “कुनै पनि कारणले, कुनै पनि अवस्थामा यो प्रस्ताव फिर्ता हुँदैन” भन्दै प्रतिक्रिया दिएका हुन्।

प्रधानमन्त्री मोंटेनेग्रोले विश्वासको प्रस्ताव संसदमा पेश गर्ने घोषणा गरेका छन्, जसले उनको सरकारको भविष्य निर्धारण गर्नेछ । यो प्रस्ताव मोंटेनेग्रोको पारिवारिक व्यवसायसँग सम्बन्धित विवादपछि आएको हो। आगामी मङ्गलबार यसबारे संसदमा छलफल हुनेछ र पीएस तथा चेगा पार्टीले यसलाई अस्वीकार गर्ने बताइसकेका छन्, जसको अर्थ सरकारको ढल्ने सम्भावना उच्च छ।

 सत्ताधारी समाजवादी पार्टी (पीएस) ले यस प्रस्तावलाई अस्वीकार गर्ने घोषणा गरिसकेको छ र यससँगै संसदीय छानबिन आयोग गठन गर्न अघि बढेको छ। तथापि, पार्टीको राष्ट्रिय राजनीतिक आयोगले सोमबार राति विशेष बैठक राख्ने निर्णय गरेको छ, जसमा राजनीतिक परिस्थितिको विश्लेषण गरिनेछ।

अर्कोतर्फ, राष्ट्रपतिको कार्यालयले पनि सरकार ढलेको अवस्थामा आगामी मे महिनामा मध्यावधि निर्वाचनको सम्भावना रहेको संकेत दिएको छ। राष्ट्रपतिले भनेका छन्, “पहिलो सम्भावित मिति मे ११ देखि १८ को बीचमा हुनेछ।”

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय