फेसबुकमा कुराकानी गर्दागर्दै माया बसेपछि विवाह भयो । तर विवाह भएको भोलिपल्ट देखि डिभोर्स मागियो । यो घटना हो इजिप्टको । फेसबुकमा करिब दुइ बर्ष कुराकानी गरिसकेपछि विवाह गरेका एक पुरुषले विवाहको भोलिपल् देखि आफ्नी श्रीमतीसंग सम्बन्ध विच्छेदको लागि निवेदन दिए । ती पुरुषका अनुसार फेसबुकमा ती महिलाले निकै आकर्षक तस्बिर पोस्ट गर्ने गर्थिन् । त्यसपछि उनीहरुबीच कुराकानी सुरु भयो, दुईबीच भेटघाट पनि भए । भेटमा पनि उनी आकर्षक नै देखिइन् । त्यसैले ती पुरुषले उनलाई विवाह गर्ने सोच बनाए । समस्या विवाहको भोलिपल्ट सुरु भयो जब उनले आफ्नी बेहुलीलाई पहिलोपटक मेकअप बिना नै देखे ।

‘म आघातमा परेँ किनभने विवाह अघि मैले जस्तो उनलाई देखेको थिएँ, उनी त्यस्तो देखिइनन्,’ निराश श्रीमानले हेलियोपोलिसस्थित अदालतमा भने । ‘मैले उनको तस्बिर फेसबुकमा देखेको थिएँ । उनले मेकअप नगरेको अनुहार र ती तस्बिरबीच अकास पातालको फरक छ । म ठगिएँ, त्यसैले उनीबाट सम्बन्धविच्छेद चाहन्छु ।’

‘मलाई उनले झुक्याइन् किनभने विवाह अघि उनले असाध्यै धेरै मेकअप लगाउने रहिछिन्,’ ती पुरुषले थपे । ‘तर विवाहपछि मैले उनको वास्तविक अनुहार देखेँ, उनी कुरुप देखिन्छिन् । म उनलाई विना मेकअप हेर्न सकेको छैन, मलाइ न्याय दिनुस् ।

इजिप्टको मिडियामा प्रकाशित समाचारका अनुसार ती श्रीमानले आफ्नी श्रीमतीको अनुहारमा बानी पार्न त खोजेको तर नसकेका कारण विवाहको एक महिनापछि सम्बन्धविच्छेदका लागि निवदेन दिएका हुन् ।

‘मैले उनलाई बिहान उठेपछि देखेँ, उनको कपाल जिङ्ग्रिङ्ग थियो। र उनलाई जस्तो देखेर विवाह गरेको थिएँ, त्यो भन्दा उनी पूर्ण रुपमा भिन्न देखिएकी थिइन् । ’

अडिटि सेन्ट्रल

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय