

(फाेटाे : हिमाल दर्पण)
धादिङ्ग – धादिङको जिल्लाको प्रसिद्ध ढोला मण्डलीमाईको दर्शन गर्न नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा धादिङकाे ढाेला पुगेका छन् । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य, प्रवक्ता एवं पुर्व सभामुख समेत रहेका महरा भाकल बुझाउनको लागि नै त्यहाँ पुगेका हुन् ।
ज्वालामुखी गाउँपालिका वडा नं ४ मा अवस्थित सो मन्दिरको दर्शन गर्न उनीसंगै माआवादी नेतृ विना मगर पनि गएको बताईएको छ । त्यस विषयमा मन्दिर व्यावस्थापन समितिका अध्यक्ष गोकुल दर्लामीसंग बुझ्दा उनले आफु पनि जिल्ला बाहिर रहेको तर महरा मन्दिर दर्शनको लागि पुगेको जानकारी पाएको बताएका छन् । महरासंगै विना मगर पनि मण्डलीमाईको दर्शनको लागि पुगेकी हुन् भन्ने हाम्रो प्रश्नमा उनले महरामात्रै पुगेको जानकारी आफुलाई भएको बताएका छन् । उनले “थपे विना मगर मन्दिर परिषरमा देखिनु भएको थिएन भन्ने जानकारी पाएको छु तर बाहिर आउनु भएको भए थाहा भएन ।”
यस विषयमा जानकारी लिन हामीले मण्डलीमाईको दर्शन गर्न पुगेका केही भक्तजनहरुसंग बुझ्दा पनि महरालाई मात्रै देखिएको र उनी एकै छिन मात्रै बसेर मन्दिरको दर्शन गरि फर्किएको बताएका छन् । मण्डलीमा अरु दिन भन्दा आज धेरै भिड लागेको पनि बताईएको छ । प्रत्येक हप्ताको मंगलवार मेला लाग्ने सो मन्दिरमा आजमात्रै दर्शनको लागि करिव १० हजार भन्दा धेरै मानिस पुगेको जानकारी प्राप्त भएको छ ।
महराले भाकल बुझाउनकाे लागि छोरा राहुल महराको नामबाट ४ वटा पाठीको बलिको लागि टिकट काटेको देखिन्छ । मन्दिरमा आउने भक्तजनले काटेको टिकट हेर्दा साे कुराकाे पुष्टी भएकाे हाे । उनले के-के भाकल पुरा भएपछि ४ ओटा पाठी लिएर गएका थिए भन्ने विषयमा भने कुनै जानकारी प्राप्त हुन सकेको छैन । महरा मण्डली पुगेकाे विषयमा माओवादी केन्द्र धादिङका नेताहरु पनि अनविज्ञ रहेको बताईको छ । यता जिल्ला प्रहरी कार्यलय धादिङले भने सो कुराको पुष्टी गरेको छ । किन जिल्लाका नेताहरुलाई खबर नगरि उनी त्यहाँ पुगे भन्ने विषय पनि यतिखेर चासो बढेको छ ।
मण्डलीमाईको दर्शन गर्नको लागि प्रत्येक हप्ताको मंगलबार देश तथा विदेशबाट समेत हजारौ भक्तजनहरु पुग्ने गरेका छन् । त्यहाँ महिलाहरु जान हुन्दैन भन्ने धार्मिक विश्वास रहेको छ भने प्रसाद पनि निश्चत क्षेत्रमा बसेरमात्रै खानु पर्ने चलन रहिआएको छ । त्यहाँको प्रसाद घर ल्याएर खाँदा अनिष्ट हुन्छ भन्ने धार्मिक विश्वास पनि रहि आएको छ । # Himaldarpan बाट # Pramod Bhatta
ताजा समाचार
लोकप्रिय
© 2023: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal