

लिस्बन – नेपाली राजदूतावास, लिस्बनले कन्सुलर सेवा सञ्चालनसम्बन्धी उठेका विभिन्न प्रश्न, टिप्पणी, र चिन्ताका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सामाजिक सञ्जाल, टेलिफोन, र सञ्चार माध्यममार्फत आएका जिज्ञासाहरूप्रति जवाफ दिँदै, राजदूतावासले सेवा यथाशीघ्र सञ्चालन गर्नको लागि आवश्यक तयारी तीव्र गतिमा भइरहेको स्पष्ट पारेको छ।
हालसम्म, नेपाली राजदूतावास, लिस्बनले औपचारिक रूपमा कन्सुलर सेवा सञ्चालन गर्न नसकेकाले यसअघि अनुरोध गरिएझैं नेपाली राजदूतावास, पेरिसबाट नै सेवा लिन आग्रह गरिएको छ। साथै, घुम्ती कन्सुलर सेवामा तयार भएका प्रहरी चारित्रिक प्रमाणपत्र, पारिवारिक कागजात, र पेरिसस्थित राजदूतावासबाट प्राप्त राहदानीहरू अस्थायी कार्यालय, अलकान्त्रा, लिस्बनबाट दिउँसो २ बजे देखि ५ बजेसम्म बुझिलिन सकिने जानकारी गराइएको छ।
कन्सुलर सेवा प्रारम्भ गर्नु अघि, पोर्चुगलको स्थानीय कानुनअनुसार आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्ने भएकोले, उक्त प्रक्रिया पूरा हुनासाथ सेवा सञ्चालनको सूचना यसै प्लेटफर्मबाट जारी गरिने पनि राजदूतावासले जनाएको छ।
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal