लिस्बन— पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सौजाले पोर्तुगलमा  आगामी मे १८, २०२५ मा नयाँ आमनिर्वाचनको घोषणा गरेका छन्। राज्य परिषद्को बैठकपछि राष्ट्रपतिले यो निर्णय सार्वजनिक गरेका हुन्।

नयाँ निर्वाचनको मिति सबै राजनीतिक दलका नेताहरूसँगको छुट्टाछुट्टै छलफलपछि तय गरिएको उनले बताए। यद्यपि, राज्य परिषद्ले नयाँ निर्वाचनको निर्णय नगरेको भएपनि संसदको निर्णयलाई सम्मान गर्दै निर्वाचनको मिति तय गरिएको राष्ट्रपतिले प्रष्ट पारे।

राष्ट्रपति मार्सेलो रेबेलो डे सौजाले आफ्नो आफ्नो सम्बोधनको क्रममा विश्वको वर्तमान परिस्थितिबारे चर्चा गर्दै रुस-युक्रेन द्वन्द्व र संयुक्त राज्य अमेरिकाको राजनीतिक अवस्थालाई उल्लेख गरे। उनले युरोपेली संघको एकता अझै बलियो रहनुपर्ने आवश्यकता औल्याए ।

राष्ट्रपतिले पोर्चुगलको आर्थिक अवस्थाबारे पनि जानकारी गराउँदै बेरोजगारी दर घटेको र देशको वित्तीय अवस्था सुधारिएको उल्लेख गरे। हालै संसदमा प्रस्तुत गरिएको अविश्वासको प्रस्ताव (मोसेन्स डे सेन्सुरा) र विश्वासको प्रस्ताव (मोसेन्स डे कन्फियान्सा) पछि सरकारको पतन भएको सन्दर्भमा उनले निर्वाचनको मिति तय भएको जानकारी दिए।

आफ्नो सम्बोधनमा राष्ट्रपति रेबेलो डे सौजाले आगामी निर्वाचन अभियानमा स्पष्ट र स्वस्थ राजनीतिक बहसको आवश्यकता रहेको पनि जोड दिए।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय