लिस्बन – पोर्चुगलका महान्यायाधिवक्ता अमादेउ गुएर्राले प्रधानमन्त्री लुइस मोन्टेनेग्रो र उनको पारिवारिक कम्पनी स्पिनुमविवा सम्बन्धी प्रारम्भिक अनुसन्धान सुरु गरिएको घोषणा गरेका छन्।

महान्यायाधिवक्ता गुएर्राले सर्वोच्च अदालतबाट बाहिरिँदै सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्रीको पारिवारिक व्यवसायबारे तीनवटा उजुरी दर्ता भएको जानकारी दिए। उनले अहिलेसम्म प्राप्त प्रमाणले अनुसन्धान सुरु गर्न पर्याप्त आधार प्रदान नगरेको भए पनि, सम्भावित प्रमाणहरूको खोजीका लागि प्रारम्भिक अनुसन्धान अगाडि बढाइएको बताए।

यो अनुसन्धान केन्द्रीय अनुसन्धान तथा आपराधिक कारबाही विभाग (DCIAP) द्वारा समन्वय गरिनेछ, जसअन्तर्गत विभिन्न सरकारी निकायहरूबाट जानकारी संकलन गरी छानबिन अगाडि बढाइनेछ।

महान्यायाधिवक्ताको कार्यालयले यसअघि प्रधानमन्त्रीको कम्पनीविरुद्ध बेनामे उजुरीहरू दर्ता भएको जनाउँदै, यसले देशमा हालको राजनीतिक अस्थिरता थप चर्काएको जानकारी दिएको थियो।

प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले आफू निर्दोष रहेको दाबी गर्दै कुनै गैरकानूनी क्रियाकलापमा संलग्न नभएको प्रष्ट पारेका छन्। साथै, औपचारिक अनुसन्धानमा मुछिए पनि आफूले पद नछोड्ने अडान लिएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय