काठमाडौं – फिल्म ‘राजागंज’ मा सेन्सर बोर्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडिएका दृश्य र संवादहरूमा ब्यापक कटौती गरेको छ। सेन्सर बोर्डले ‘यु’ सर्टिफिकेट दिनका लागि प्रधानमन्त्रीसँग सम्बन्धित संवाद र दृश्यहरू हटाउन निर्देशन दिएपछि निर्देशक दीपक रौनियारले असन्तुष्टि व्यक्त गरेका छन्।

रौनियारले कटौती गरिएका दृश्य र संवादले फिल्मको मूल मर्म नै मारिएको बताएका छन्। ‘हामीले दर्शकलाई सेन्सर भएको कुरा थाहा दिन, हटाइएका दृश्यहरू खाली छाडेर फिल्म हलमा लैजाँदैछौँ,’ उनले भने।

सेन्सर बोर्डले विशेषगरी ओलीले मधेशी दलहरूबारे दिएको ‘कुहेका आँप’को टिप्पणी हटाउन लगाएको छ। यसका साथै, निकिता चण्डकले प्रधानमन्त्रीको उक्त संवाद उद्धृत गर्दै बोलेको संवाद पनि काटिएको छ।

निर्देशकले यो कदमलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भन्दै असन्तुष्टि जनाएका छन्। ‘प्रधानमन्त्री जनताकै छोरा हुन्, उनकोबारे कमेन्ट गर्न किन नपाउने?’, रौनियारले प्रश्न गरेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय