काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय पुरूष र महिला क्रिकेट खेलाडीको नयाँ केन्द्रीय सम्झौता सार्वजनिक गरेको छ।

क्यानले आज सार्वजनिक गरेको नयाँ सूचीअनुसार पुरूषतर्फ ग्रेड ‘ए’ र ‘बी’ मा ५/५ जना, ‘सी’ मा ४ जना, डी’ मा १२ जना तथा इमर्जिङ प्लेयरमा ७ जना खेलाडीलाई छनोट गरेको छ।

केन्द्रीय सम्झौताअनुसार ग्रेड ‘ए’ मा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्र ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आसिफ शेख परेका छन्। उनीहरूले मासिक जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

ग्रेड ‘बी’ मा करण केसी, कुशल भुर्तेल, गुल्सन झा, ललित राजवंशी र अनिल साह छन्। यी खेलाडीहरूले मासिक ७० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

ग्रेड ‘सी’ मा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल छन्। उनीहरूले ५५ हजार रुपैयाँ पाउनेछन्।

ग्रेड  ‘डी’ मा सागर ढकाल, लोकेश बम, साहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसीर अहमद, प्रतिस जिसी, अभिनाश बोहरा र मयन यादव छन्। उनीहरूले मासिक ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यसैगरी अर्जुन घर्ती, हेमन्त धामी, दिपेश कँडेल, रूपेश सिंह, अर्जुन कुमाल, शुभ कंशाकार र सन्तोष यादवलाई इमर्जिङ प्लेयर्समा राखिएको छ। उनीहरूले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

महिला खेलाडीको नयाँ केन्द्रीय सम्झौताअनुसार ४ खेलाडीलाई ग्रेड ‘ए’ मा समावेश गरिएको छ। जसमा कप्तान इन्दु बर्मा, रूविना क्षेत्री, सीता रानामगर र पूजा महतो छन्। उनीहरूले मासिक ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

ग्रेड ‘बी’ मा कविता जोशी छन्। उनले मासिक ३५ हजार रुपैयाँ पाउनेछिन्। ग्रेड ‘सी’ मा कविता कुँवर र सम्झना खड्का छन्। उनीहरूले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

ग्रेड ‘डी’ मा विन्दु रावल, अलिशाकुमारी यादव, रिया शर्मा, साना प्रविन, सीमाना केसी, सावित्री धामी, रोमा थापा, ईश्वरी विष्ट, कृस्मा गुरूङ, ज्योत्स्निका मरासिनी, रचनाकुमारी चौधरी र मनिषाकुमारी उपाध्याय छन्। उनीहरूले मासिक २० हजार रुपैयाँ पाउनेछन्।

उक्त केन्द्रीय सम्झौतामा रहने खेलाडीहरूको सम्झौता अवधि छ महिनासम्म हुनेछ । छमहिनापश्चात् खेलाडीहरूको प्रदर्शनका आधारमा बाँकी छ महिनाका लागि खेलाडीहरूको पुनःवर्गीकरण गरी केन्द्रीय सम्झौता गरिने क्यानले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय