

लिस्बन – सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलले आयोजना गर्न लागेको होली विशेष कार्यक्रम मौसमको खराबीका कारण स्थगित भएको छ। सो कार्यक्रम फाल्गुन २९ गते बिहीबार (मार्च १३, २०२५) का दिन लिस्बनको बेलाबिस्ता पार्कमा गर्ने तय गरिएको थियो।
सुदूरपश्चिमेली नेपाली समाजका अनुसार उक्त दिन लिस्वन आसपासका क्षेत्रमा पोर्तुगलको मौसम पुर्वानुमान शाखाले भारी बर्षको अनुमान गरेको कारण कार्यक्रम आयोजना गर्न कठिनाई उत्पन्न भएकाले यो वर्षको होली कार्यक्रम स्थगित गरिएको हो। यसअघि प्रत्येक वर्ष आयोजना हुँदै आएको होली विशेष कार्यक्रमले प्रवासी नेपालीहरुबीच आपसी भाइचारा र सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
समाजले कार्यक्रम स्थगित हुनु परेकामा सम्पूर्ण सहभागी, अतिथिहरू र शुभचिन्तकहरूसँग क्षमायाचना गर्दै, आगामी दिनहरूमा अझै उत्साहका साथ विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal