

लिस्बन – प्रधानमन्त्री लुइस मोंतेनेग्रोको नेतृत्वमा रहेको पोर्चुगाली सरकार संसदमा भएको चार घण्टाभन्दा बढी लामो बहसपछि अस्वीकृत भएको छ। बहसमा दलहरूले सरकार किन जारी राख्नुपर्छ वा नराख्नु पर्ने भन्ने तर्क राखे।
लुइस मोंतेनेग्रोले आफ्नो पहिलो सम्बोधनमा सरकारको उपलब्धिहरूको चर्चा गर्दै आफ्नो पेशागत र राजनीतिक जीवनबीच कुनै द्वन्द्व नभएको र पेशागत क्रियाकलापले राजनीतिक निर्णयहरूमा असर नगरेको बताए। उनले समाजवादी पार्टी (PS) लाई सरकारलाई कमजोर बनाउन शेगा पार्टीसँग मिलेर काम गरेको आरोप पनि लगाए। साथै, मोंतेनेग्रोले पोर्चुगललाई “स्थिर देश”का रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।
तर, बहसको अन्त्यतिर, विश्वासको प्रस्ताव माथिको मतदान अघि, CDS-PP पार्टीका उपसभासद पाउलो नुनसियोले संसदका सभामुख जोसे अगुइयार ब्रान्कोलाई बहसलाई रोक्न आग्रह गरे। यो आग्रह बहसको क्रममा PSD पार्टीका हुगो सोआरेसले पनि उठाएका थिए। सभामुख ब्रान्कोले कानुनी रूपमा मतदानको ठीक अघि मात्र काम रोक्न सकिने बताउँदै छलफलका लागि संसदका कामहरू स्थगित गरेका थिए।
काम रोकिएको समयमा संसदका मुख्य दलहरू, समाजवादी पार्टी (PS) र PSD बीच वार्ता भएको थियो। PSD ले प्रस्ताव प्रस्तुत गरे पनि PS ले उक्त प्रस्तावलाई अस्वीकार गर्यो। संसद मामिलाका मन्त्री पेद्रो दुआर्तेका अनुसार PS ले PSD द्वारा प्रस्तुत प्रस्तावको जवाफ नै दिएको थिएन।
तत्पश्चात, संसदका सभामुखले विश्वासको प्रस्तावमाथि पक्ष वा विपक्षमा मतदान गर्न आह्वान गरे। PSD, CDS-PP, र IL का सांसदहरूले पक्षमा मतदान गरे भने PS, शेगा, BE, LIVRE, PCP, र PAN का सांसदहरूले विपक्षमा मतदान गरे। अन्ततः सरकारले आवश्यक मत पाउन सकेन र सरकार विघटन भयो।
यो संगै अब राष्ट्रपति मार्सेलो रेबेलो डे सोउजाका अनुसार संसदमा भएको यो राजनीतिक निर्णयले आगामी निर्वाचनहरू सम्भवतस् मे ११ देखि १८ भित्र हुन सक्ने सम्भावना देखिएको छ।
यो निर्णयसँगै पोर्चुगलमा आगामी चुनावको तयारी र राजनीतिक परिदृश्यको पुनः संरचना हुने सम्भावना छ।
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal