काठमाडौँ – नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडेयायन मन्त्रालयले पोर्तुगलका लागि नियुक्त पर्यटन दूत रमेशराज वास्तोलालाई २४ घण्टाभित्र स्पष्टिकरण दिन आदेश दिएको थियो। उनलाई राजसंस्थाको पक्षमा वकालत गर्दै राजा श्री ५ महाराजाधिराज भनी सम्बोधन गरेको र गत फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको वक्तव्यलाई समर्थन गर्दै ऐक्यवद्धता प्रकट गरेको आरोप लगाइएको थियो।

राजाको समर्थनमा स्पष्ट धारणा राखेको भन्दै मन्त्रालयले स्पष्टिकरण माग गरेपछि, वास्तोलाले आफ्नो विचार सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन्। उनले फेसबुकमा लेख्दै भनेका छन्, “म राजतन्त्रको पक्षधर हुँ। म देशमा राजसंस्थाको पुनर्स्थापनाको समर्थन गर्छु। यदि तपाईँहरूलाई यसमा आपत्ति छ भने, मेरो पद तपाईँहरूसँग नै राख्नुस्। जुन दिन देशमा पुनः राजतन्त्र आउँछ, त्यसबेला म जिम्मेवारी लिन तयार हुनेछु। तपाईँहरूको भ्रष्ट सरकारमा यो कागजी पदमा बसेर मलाई कुनै रुचि छैन। मेरो स्पष्टिकरण यही हो।”

वास्तोलाले आफ्नो राजतन्त्रप्रतिको धारणा स्पष्ट गर्दै सरकारप्रति कडा असन्तोष व्यक्त गरेका छन्। उनले वर्तमान सरकारलाई ‘भ्रष्ट’ भनेर उल्लेख गर्दै आफूलाई ‘कागजी’ पदमा रुचि नभएको बताए। मन्त्रालयले दिएको आदेशसँग असहमत हुँदै उनले उक्त पद तत्काल फिर्ता गर्न तयार रहेको संकेत गरेका छन्।

यो पदको लागि मैले एक रुपैया पनि लिएको छैन, बरु उल्टो मैले आफैले खर्च गरेर पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण भूमिका खेलेको आफ्नो व्यक्तिगत खर्चबाट देशको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने काम गरेको पनि उनले बताएका छन् ।

राजसंस्थाप्रतिको समर्थन र सरकारप्रतिको आलोचना प्रकट गर्दै वास्तोलाले सामाजिक सञ्जालमार्फत आफ्नो विचार प्रस्तुत गरेका हुन्। उनी एक वर्षअघि मात्रै नेपाल सरकारले पोर्तुगलका लागि पर्यटन दूतको रुपमा नियुक्त भएका थिए।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय