

११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विश्वभर छरिएर रहेका नेपाली दिदीबहिनीहरूले “अन्तर्राष्ट्रिय नारी समाज” नामक संस्था गठन गरेका छन्। शनिबार भर्चुअल माध्यमबाट आयोजित विशेष कार्यक्रमका बीच समाजको औपचारिक घोषणा गरिएको हो।
नवगठित समाजको समाजको अध्यक्ष पदमा पुनम गौतम (पोर्चुगल) चयन हुनुभएको छ, भने महासचिवमा सन्ध्या अर्याल (कतार) र कोषाध्यक्षमा भावना तिमिल्सिना (क्यानडा) चयन हुनुभएको छ। साथै, विभिन्न मुलुकहरूमा संयोजक तोकिएका छन्, जसमा अमेरिका, क्यानडा, नर्वे, डेनमार्क, स्पेन, जापान, आयरल्याण्ड, जर्मनी, बेलायत, बेल्जियम, मकाउ, कतार, नेपाल, नेदरल्याण्ड, माल्टा, फ्रान्स, अष्ट्रिया, दुबई, स्विजरल्यान्ड, पोर्तुगल र स्विडेनबाट एक-एक जना संयोजक रहने गरी प्रतिनिधित्व गरिएको छ।
समाजका अध्यक्ष पुनम गौतमले समाजलाई दीर्घकालीन रूपमा सफलतापूर्वक अगाडि लैजान अध्यक्ष, महासचिव र कोषाध्यक्षको चयन गरिएको जानकारी दिनुभयो। उहाँले यो समाजले नेपाली महिलाहरूलाई एकीकृत गर्दै उनीहरूको सशक्तीकरणमा विशेष ध्यान दिने र अन्यायमा परेका, पीडित तथा कानुनी परामर्शको आवश्यकता भएकाहरूलाई सहयोग पुर्याउने उद्देश्य राखेको बताउनुभयो।
यसको प्रमुख उद्देश्य भनेको विदेशमा बसोबास गरिरहेका नेपाली महिलाहरूलाई सशक्त बनाउन, उनीहरूका हक, हित र अधिकार सुनिश्चित गर्न र समस्याहरूको समाधानका लागि आवश्यक सहयोग प्रदान गर्नु हो।
समाजले भविष्यमा महिला सशक्तीकरण, नेतृत्व विकास, सामाजिक न्यायका लागि काम गर्दै अन्तर्राष्ट्रिय स्तरमा रहेका नेपाली महिलाहरूबीच समन्वय र सहकार्यलाई थप प्रगाढ बनाउने लक्ष्य लिएको छ। समाजले महिला हकअधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान दिनसक्ने आशा समेत व्यक्त गरिएको छ।
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal