

लिस्बन – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। यस पटक पहिलो पटक युरोपियन युरोको विनिमय दर नेपाली रुपैयाँमा १५० माथि पुगेको छ, जुन अहिलेसम्मकै उच्च दर हो। राष्ट्र बैंकका अनुसार युरोपियन युरोको एकको खरिददर १५० रूपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रूपैयाँ १४ पैसा कायम गरिएको छ। यो दरले नेपालका लागि आर्थिक चुनौती देखाए पनि, युरोपमा बसेर काम गरिरहेकाहरूका लागि भने केही सकारात्मक संकेत दिन सक्छ।
युरोपमा बसोबास गर्ने नेपाली कामदारहरूले युरोको यो उच्च दरबाट फाइदा उठाउन सक्नेछन्, जसले उनीहरूको बचत र आर्थिक क्रियाकलापमा सहजता ल्याउन सक्छ। युरोपमा काम गरिरहेकाहरूका लागि यो समाचारले उत्साहित बनाएको छ, किनभने लामो समयपछिको यो दरले तिनीहरूको आम्दानीमा सकारात्मक प्रभाव पार्नेछ। तर समग्रमा नेपालको आर्थिक अवस्थामा भने यसले राम्रो संकेत गर्दैन
त्यस्तै, अन्य प्रमुख मुद्राहरूमा अमेरिकी डलरको एकको खरिददर १३८ रूपैयाँ ७० पैसा र बिक्रीदर १३९ रूपैयाँ ३० पैसा रहेको छ भने साउदी अरेबियन रियालको खरिददर ३६ रूपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रूपैयाँ १३ पैसा कायम भएको छ। कतारी रियालको खरिददर ३८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रूपैयाँ २२ पैसा रहेको छ।
यसैगरी, युएई दिरामको एकको खरिददर ३७ रूपैयाँ ७६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९३ पैसा रहेको छ। यी दरहरूमा समयअनुसार परिवर्तन हुन सक्ने र वाणिज्य बैंकहरूले तोक्ने दरमा केही फरक हुनसक्ने बताइएको छ। नेपाल राष्ट्र बैंकले अद्यावधिक दरहरू आफ्नो वेबसाइट Nepal Rastra Bank (NRB) – the official site of the Central Bank of Nepal मा उपलब्ध गराउने जानकारी दिएको छ।
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal