

लिस्वन– एनआरएनए अल्गार्भ कप २०२५ को उपाधि ग्राब जब सान्तोतेनियाले जितेको छ। यहि मार्च २ तारिखका दिन सम्पन्न भएको उक्त प्रतियोगितामा मेचीमहाकालीले दोस्रो स्थान हासिल गरेको थियो। प्रतियोगितामा १३ टोलीले सहभागिता जनाएका थिए। उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा एनआरएनए ग्लोबलका सह-कोषाध्यक्ष तिलक गैरेले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए।
विजेता ग्राब जब सान्तोतेनियाले १५१५ युरो नगद, मेडलसहित उपाधि जितेको थियो भने दोस्रो स्थानमा रहेको मेचीमहाकालीले ७५५ युरो नगद र मेडल प्राप्त गरेको थियो।
प्रतियोगितामा विभिन्न विधागत पुरस्कारहरू प्रदान गरियो। उत्कृष्ट प्रशिक्षकको उपाधि यम कुमार दुराले जिते भने सर्वाधिक गोलकर्ताको पुरस्कार ग्राब जबका सन्दीप गुरुङले हात पारे। उत्कृष्ट गोलकिपरको उपाधि पनि ग्राब जबका ईश्वर गुरुङले जिते। उत्कृष्ट खेलाडी मेचीमहाकालीका सुनिल लामालाई घोषित गरियो। अनुशासित टोलीको पुरस्कार मोन्ते गोर्दो नेपाली समाजले हात पारे। यी सबै विधागत विजेताहरूले नगद ५५ युरो र मेडल प्राप्त गरे।
समारोहमा विशिष्ट अतिथिका रूपमा एनआरएनए पोर्चुगलकी अध्यक्ष दीपा काफ्ले तथा विशेष अतिथिका रूपमा एनआरएनए पोर्चुगलका पूर्व उपाध्यक्ष मछिन्द्र अर्यालको उपस्थिति थियो। अन्य अतिथिहरूमा जनसम्पर्क समिति पोर्चुगलका सभापति युवराज पन्थी, जसस पोर्चुगलका महामन्त्री तथा एनआरएनए अल्गार्भका सल्लाहकार बिनोद मरासिनी, जनप्रगतिशील मञ्चका प्रतिनिधि रेशम बस्नेत, देबराज घिमिरे, जसस अल्गार्भ सभापति प्रिन्स क्षेत्री, नवलपुर समाजका अध्यक्ष प्रेम बुढाप्रिती, र एनआरएनए अल्गार्भका युवा संयोजक दीपक सोडारी उपस्थित थिए।
कार्यक्रमको सभाध्यक्ष एनआरएनए पोर्चुगलका अध्यक्ष विनोद बुढाथोकीले गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिव दीपक ढुंगानाले गरेका थिए। स्वागत मन्तव्य शंकर ढकाल, कोषाध्यक्षले व्यक्त गरेका थिए।
उत्साहजनक रूपमा सम्पन्न भएको उक्त प्रतियोगिताले नेपाली समुदायबीचको एकता र सहकार्यलाई थप बलियो बनाएको आयोजकले जनाएको छ।
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal